NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

बागमतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । बागमती नदिको किनारबाट १० मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ४०२ औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो । बिहान दुई घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले बताए । सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाले व्यवस्थापन गर्न गाडीमा राखेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, आलोकनगर, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा प्रत्येक हप्ताका शनिबार सफाइ गरिँदै आएको छ ।