स्वस्थ रहन सन्तुलित निन्द्रा आवश्यक

स्वास्थ्य शरीरको लागि दिनमा कम्तिमा पनि ६ देखि ८ घण्टा निदाउनु आवश्यक हुन्छ । तर आजको व्यस्तता र भागदौडको दिनचर्यामा मानिसहरुलाई पर्याप्त सुतेर निदाउने अवस्था छैन । धेरै नसुत्दा स्वास्थ्यमा यसको प्रभाव पर्छ । अफिसमा राती अवेरसम्मको कामपछि घर जाने बानी, घण्टौसम्म टिभी हेर्ने वा कम्प्युटरमा बस्ने बानी हुँदा निदाउन गाह्रो हुन्छ । उनीहरु राम्रो निद्रापर्ने गरी सुत्नको लागि सप्तान्तसम्म पर्खिनुपर्ने हुन्छ । तपाईंको निन्द्राको नियमिततामा गडबडी हुँदा तपाईंको स्वास्थ्य, सफलतासहितका काममा समस्या आइपर्छन् । गलत बानीहरु केवल तपाईंको स्वास्थ्यको लागि हानीकारक नभएर यसले तपाईंको व्यक्तित्व, कार्यक्षमतामा पनि प्रतिकूल प्रभाव पार्छ । आज तपाईंलाई आफ्नो निद्रा सन्तुलित राख्दा हुने फाइदाहरुको बारेमा चर्चा गर्दैछौं । स्वस्थ्य रहनको लागि धेरै सुत्नु मात्र उचित होइन । तपाईंको सुत्ने बानी कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । तपाईंको सुत्ने र उठ्ने समयले पनि स्वास्थ्य र काम गर्ने क्षमतामा प्रभाव पर्दछ । सुत्ने, उठ्ने कामको लागि निश्चित तालिका हुनुपर्छ । यसका लागि आफ्नो रुटिनको पालना गर्नु आवश्यक हुन्छ । सुत्नु अगाडि सन्तुलित भोजमा ध्यान दिनुपर्छ । धेरै समयसम्म टिभी हेर्ने र कम्प्युटरमा बस्ने बानी कम गर्नुहोस् । अल्कोहलबाट टाढा रहनुहोस् । थोरे सुत्ने या आवश्यकताभन्दा बढी सुत्नु हाम्रो स्वास्थ्य प्रतिकुल हुन सक्छ । कम निदाउँदा प्रायः मान्छेको ध्यान केन्द्रित नहुने हुन्छ । जसबाट कार्यक्षमतामा असर पर्छ ।कति मानिस हप्ताभरि कम सुत्छन । तर हप्तान्तमा धेरै बेरसम्म सुत्ने गर्छन् । हाम्रो शारीरिक मानसिक स्वास्थ्यको लागि सुत्ने उठ्ने समय निश्चित गरी पालन गर्न आवश्यक हुन्छ । किन पर्याप्त निद्रा आवश्यक छ धेरै बिरामी हुनबाट बच्न । स्वस्थ तौलमा रहन । मधुमेह र हृदय रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरुको जोखिम कम गर्न । तनाव कम गर्न र मुड सुधार्न । अधिक स्पष्टसँग सोच्न सक्ने हुन र काममा राम्रो गर्न ।
प्रतिक्रिया