बच्चा धेरै नै चञ्चल भए ? यसो गर्नुस्

साना बच्चाहरु भगवानका रुप हुन्छन् । यी बच्चाहरुको दिमाग धेरै चञ्चल र कोमल हुन्छ । कुनै बच्चाहरु धेरै नै चञ्चल हुन्छन् भने कोही बच्चा शान्त स्वभावका पनि हुन्छन् । बच्चाहरुमा एक ठाउँमा शान्त भएर नबसी केही न केही गर्ने बानी हुन्छ । बच्चाहरु विना थकावट धेरै समयसम्म खेलिरहन सक्ने हुन्छन् । यस्ता बच्चा सम्हाल्न अभिभावकलाई मुस्किल परेको हुन्छ । तपाईंको बच्चा पनि धेरै चञ्चल स्वभावका छन् भने केही यस्ता उपाय अपनाउनुहोस् : तपाईं त्यस्ता बच्चाहरुलाई उनीहरुको सानो कुराकानी र जीतमा उपहार वा बधाई दिनुहुन्छ भने, बच्चाहरुलाई प्रोत्साहन मिल्छ । जसबाट उनीहरु अझ राम्रो गर्न सक्छन् । प्रायः आमाबाबुले बच्चालाई अनुशासनको नाममा रोक्छन् । तर यसले बच्चामा नकारात्मक असर पर्छ । यस्तो अवस्थामा उसले कुरा बुभ्mनुको सट्टा बदमास र जिद्दी बन्न थाल्छ । यस्तो अवस्थामा केही समयको लागि उसलाई स्वतन्त्रता दिनु आवश्यक हुन्छ । यदि तपाईं बच्चालाई आफ्नै इच्छा गर्न दिनुहुन्छ भने यसबाट उनीहरु खुसी हुन्छन् । र तपाईंलाई पनि थाहा हुन्छ कि उ केमा चासो राख्छ । यस्तो अवस्थामा तपाईं आफ्नो बच्चाको लागि राम्रो भविष्यको बारेमा सोच्न सक्नुहुन्छ । यदि तपाईं बच्चाले आफूलाई सुनोस् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि उसको कुरा ध्यान दिएर सुन्ने गर्नुपर्छ । मजबुत इच्छाशक्ति भएको बच्चाको तर्क पनि मजबुत हुन्छ र उनीहरु बहस पनि गर्न थाल्छन् । यस्तोमा तपाईंले उसको कुरा सुन्नुभएन भने अझ धेरै बदमास र जिद्दी हुन्छन् । यदि जहिल्यै बच्चालाई कराउनुहुन्छ भने तपाईंको बच्चाले तपाइको गालीलाई लडाईं झगडाको निमन्त्रण जसरी बुझ्न सक्छ । यस्तोमा तपाईंको बच्चाले अनुशासन र विनम्रता भुल्दै जान्छ । कुनै झगडा वा जिद्दीपनलाई बढावा नदिई कुराकानीहरुलाई निष्कर्षमा लाने कोसिस गर्नुस् । तपाईं ठूलो भएको नाताले बच्चाको माग र आग्रहलाई ध्यानपूर्वक सुनिदिनुस् । बच्चाको साथमा उनीहरुको मन पर्ने गतिविधिहरुमा जरुर सामेल हुनुहोस् । यसो गर्नाले उनीहरुको मन जित्न सकिन्छ । र उनीहरुलाई आफ्नो हिसाबमा ढाल्नलाई सहज हुन्छ किनकी बच्चाहरुको नजिक जो हुन्छ उनीहरुकै प्रभाव बच्चालाई धेरै पर्छ । बच्चाहरुसँग खेलिदिंदा उनीहरु झन् बढी खुशी हुन्छन् ।
प्रतिक्रिया