एम.बी.बी.एस.को शुल्क बढाउने निर्णय फिर्ता लिन नेविसंघको माग

काठमाडौं । नेविसंघले चिकित्सा शिक्षा आयोगले एम.बी.बी.एस.को शुल्क बढाएको विषयप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले एम.बी.बीएस.को शुल्क बढाउने गरी गरेको उक्त निर्णय आपत्तिजनक रहेको भन्दै संघले विरोध गरेको हो । ‘चिकित्सा शिक्षा सुधारका निम्ति पटक पटक भएका आन्दोलन, विभिन्न समयका सहमति र सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरीत गत वर्षसम्म एम.बी.बी.एस.को शुल्क ४० लाख २३ हजार २५० रुपैयाँ रहेकोमा हालको शैक्षिक सत्र २०७७र०७८ मा चिकित्सा शिक्षा आयोगले सो शुल्क आठ लाख बढाएर ४८ लाख पुर्याउनु सरकारको विद्यार्थी र अभिभावक माथी चरम शोषण गर्ने नियत बाट ग्रसित भएको नेबिसंघको ठहर छ।’ विज्ञप्तिमा उल्लेख छ । अतःप्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरि पुरानै शुल्क कायम गर्न नेपाल सरकारसँग नेविसंघले माग गरेको जानकारी महामन्त्री बलदेव तिमल्सिनाले दिए ।
प्रतिक्रिया