NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

प्रचण्ड समूहले फेरि गर्‍यो देशैभर आन्दोलनको घोषणा

काठमाडौ । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दुई चरणसम्म आन्दोलन गरेको प्रचण्ड–माधव नेपाल समूहले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले १३ देखि २८ माघसम्म देशैभर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । यस्ता छन् विरोधका कार्यक्रमकार्यक्रम अन्तर्गत १३ माघमा काठमाडौंमा सिठी जुलुस, १४ देखि २१ माघसम्म माइतीघर मण्डलमा संविधानसभाका सदस्य, संघीय सांसद प्रदेश सभा सदस्यसहितले धर्ना दिने कार्यक्रम छन् । माघ १६ मा जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम अन्तर्गत शान्तिवाटिकाबाट लैनचौर पुग्ने कार्यक्रम छ । ठूला सभा विरोध अन्तर्गत १५ माघमा बुटवल, १६ माघमा विराटनगर र १७ माघमा धनगढीमा कार्यक्रम राखिएको छ । प्रदेशका राजधानीमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने नेकपाको भनाई छ । समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया, २२ माघमा काठमाडौंमा युवा र्याली, २६ माघमा देशव्यापी जुलुस प्रदर्शन र २८ माघमा काठमाडौंमा विरोध प्रदर्शन र सभा हुन लागेको जानकारी संघर्ष समितिले दिएको छ ।