एन.आई.सी.एशिया बैंकको डेबिट कार्ड लिन अनलाईनबाटै निवेदन दिन सकिने

काठमाडौँ । एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै गतिशील बैंकिङ्गको अभ्यासको रुपमा बैंकले यस्तो सुविधा ल्याएको हो । अब यस बैंकका ग्राहकहरुले जुनसुकै स्थानबाट आफ्नो डेबिट कार्ड बनाउन अनलाइनबाट निवेदन दिन सक्नेछन् । बैंकको वेवसाइटमा रहेको आइसर्भिस डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिन्छ । सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाइ गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ । निवेदन दिदा ग्राहकले आफुलाई पायक पर्ने शाखा छनौट गर्न सक्नेछन् ।निवेदन दिएको प्रकृया सफल भएसँगै बैंकले आवेदन सफल भएको एसएमएस कोड पठाउँछ । आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस तथा फोनमार्फत खबर गर्नेछ ।
प्रतिक्रिया