बालुवाटार जग्गा हिनामिना : बस्न्यातलाई थुनामा पठाउने अदालतको आदेश (भिडियो सहित)

काठमाडौं । बालुवाटारको सरकारी जग्गा गैरकानुनी ढंगले व्यक्तिका नाममा लगेको अभियोगका अभियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । मुद्दा दर्ता भएको साढे १० महिनापछि आइतवार उनी बयानका लागि अदालतमा उपस्थित भएका थिए । अख्तियारले सरकारी जग्गा हिनामिना गरेको भन्दै बस्न्यातसहित एक सय ७५ जनाविरुद्ध गत २२ माघ ०७६ मा विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले बस्न्यातसँग ९ करोड ६५ लाख बिगो मागदावी गरेको थियो । बस्न्यातले आफ्नो तर्फबाट बहस गराउनका लागि वरिष्ठ वकिलहरूको सहारा लिएका थिए ।वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लगायतका कानुन व्यवसायीहरू उनको पक्षबाट बहस गरेका थिए । थापा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ बारकै पूर्व महासचिव तथा पूर्व महान्यायाधीवक्तासमेत हुन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लग्न भूमिका खेलेको आरोप बस्न्यातमाथि छ । विशेष अदालतमा प्रवक्ता तथा उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार बस्न्यात आफैं बयानका लागि अदालतमा उपस्थित भएका हुन् । न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएका हुन् । https://www.youtube.com/watch?v=AdBRcwE2MzQ
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया