माइतीघरमा आज पनि उखु किसानको आन्दोलन (फाेटाेफिचर)

काठमाडौं । उखु किसानको आन्दोलन सोमवार पनि जारी छ । उखु किसान संघर्ष समिति सर्लाहीको नेतृत्वमा आइतबारदेखि काठमाडौंको माइतीघरबाट सुरु गरेको आन्दोलनलाई उनीहरूले सोमबार पनि निरन्तरता दिएका छन् । मिललाई बेचेको उखुको भुक्तानी नपाएपछि किसान आन्दोलित भएका हुन् । सर्लाही, रौतहट, नवलपरासी लगायतका जिल्लाबाट किसानहरू काठमाडौं आएका हुन् ।समितिका अनुसार देशभरका ६ वटा ठूला चिनी मिलले किसानको ९० करोड रुपैयाँ बक्यौता भुक्तानी गरेका छैनन् । बारम्बारको प्रयासपछि पनि मिलले रकम भुक्तानी नदिएपछि काठमाडौं आउनुपरेको समिति बताउँछ । गत वर्ष सरकारसँग गरेको सम्झौताबाट आन्दोलनबाट धोखा भएको भन्दै उनीहरू यसपटकको आन्दोलनलाई निर्णायक बनाउने सुरमा छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया