गजुरेलसँग जोडिएर आएको समाचारप्रति नायिकाको आपत्ति

काठमाडौं । नायिका वर्षा सिवाकोटीले कलाकार मनोज गजुरेलसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएकी छिन् । सामाजिक संजालमा लेख्दै नायिका सिवाकोटीले आफू र मनोज गजुरेलबीच विवाह हुँदैछ भनेर आएका समाचार यथार्थभन्दा बाहिरको भन्दै खण्डन गरेकी हुन् । कलाकार गजुरेलप्रति आफ्नै सधैं सम्मान रहेको भन्दै सिवाकोटीले यस्ता कुप्रचार गर्दा कसैलाई पनि फाइदा नहुने बताएकी छिन् । “वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ’ उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ? कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो ।’
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया