NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

महाकालीमा सशस्त्र प्रहरीको बिओपी स्थापना

काठमाडौं । कञ्चनपुरको महाकाली नगरपालिकामा १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आइतबार आयोजित एक कार्यक्रमका बीच बिओपीको उद्घाटन गरेका हुन् । बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक थापाले अहिलेको परिस्थितिमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा अनुशासित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालित हुन निर्दशन दिए । उनले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्दै नेपाल सरकारको नीति अनुरुप सीमाना सुरक्षा, अपराध नियन्त्रण र रोकथाम गर्न बिओपी थप गर्दै लगिने बताए । महेन्द्रनगरदेखि करिब २० किलोमिटरको दुरीमा नेपाल–भारत सीमा नाका भन्दा करिव २ किलोमिटर वर उक्त बिओपी स्थापना गरिएको छ । बिओपीले सोमबारदेखि दैनिक काम सुचारु गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष