यो सरकारको भ्रष्टाचार भनिसाध्य छैन : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारकाे भ्रष्टाचार भनिसाध्य नभएको बताएका छन् । वाइडबडी, बालुवाटार, गोकर्णको जग्गादेखि जताततै भ्रष्टाचारले गाँजेको आरोप पौडेलको छ । ‘यो सरकारको भ्रष्टाचारको कथा भनीसाध्य छैन । वाइडबडी, न्यारो बडी, गोकर्णको जग्गादेखि ओम्नीसम्मका भ्रष्टाचारका कथा सारा मिडियाले दिइरहेका छन्’ काठमाडौैंमा भएको विरोधसभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेसनले भनिसक्यो यो सरकार कति भ्रष्ट छ भनेर । सरकारमा पनि प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट भएको भनेको छ ।’ लोकतान्त्रिक व्यवस्थाका सहचालकहरु अलोकतान्त्रिक भएको भन्दै पौडेलले लोकतन्त्र, संघीयता, समावेशीता र गणतन्त्रलाई नै संकटमा पार्न सरकार उद्यत रहेको आरोप लगाए । ‘सरकार सर्वसत्तावादतर्फ गइरहेको विभिन्न निकायका अधिकार प्रधानमन्त्रीले केन्द्रीकरण गर्ने, स्थानीय तह र प्रदेशका अधिकार केन्द्रले खोस्ने कामले देखाउँछ । प्रदेशले केन्द्रसँग मुद्दा लड्नुपर्ने अवस्था आउनु भनेको चानेचुने विषय होइन’ पौडेलले भने, ‘तनहुँमा एउटा पुल बनाउन दिएनन् । नेकपाका इशारामा उनकै कार्यकर्ताले यसरी निशेध गर्छन् भने मुगु र हुम्लामा के भएको होला ? पूर्वका विकट र तराईका विकत वस्तीमा के भएको होला ?’ कम्युनिष्टको सरकार बने पनि राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिएको भन्दै पौडेलले आपत्ति जनाए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया