NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कोष निर्माणका लागि चलचित्र बन्ने

काठमाडौं । ‘स्वास्थ्य उपचार तथा जीविकोपार्जन कोष’ निर्माणका लागि नेवारी भाषामा चलचित्र ‘लुँ यागु तक्मा’ (सुनको तक्मा) बन्ने भएको छ । सोमबार ठमेलको छायाँ सेन्टरस्थित ‘अलफ्ट होटेल’मा एक कार्यक्रमको आयोजना गर्दै आयोजक सुखावती मल्टी प्रडक्सनले चलचित्र निर्माणको घोषणा गरेको हो । सुरेन्द्र तुलाधारको निर्माण तथा निर्र्देशन रहने उक्त चलचित्रमा नेवारी भाषाका कलाकार मानकृष्ण वावा, सुरज व्यञ्जनकार, रोजिना सुवाल, भगेन्द्र मानन्धर, रञ्जना सुदिकु, रिजन महर्जन, हसिना महर्जनलगायतको अभिनय रहनेछ । चलचित्रबाट प्राप्त हुने आम्दानी कलाकार मानकृष्ण वावाको ‘स्वास्थ्य उपचार तथा जिविकोपार्जन कोष’ निर्माणका लागि प्रयोग हुने जनाइएको छ । कोषमा योगदानस्वरुप चलचित्रमा कलाकारहरूले पारिश्रामिक बिना नै अभिनय गर्नेछन् । हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, वरिष्ठ कलाकार नीर शाह, रविन्द्र खड्का, नागे डंगोल लगायतका कलाकारको उपस्थिति थियो ।

ताजा अपडेट

नेपालवाच विशेष