मृतक तीन लाख नाघेपछि अमेरिकामा खोप सुरु

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । अमेरिकाको फाइजर कम्पनीको खोप प्रयोग आएसँगै अमेरिकाले सोमबारदेखि आफ्ना नागरिकलाई खोप लगाउन सुरु गरेको हो । अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप लगाउनेमा न्युयोर्कको लोन्ग आइल्याण्डकी नर्स सान्द्रा लिंडसी रहेकी छन् । उनी न्युयोर्कको एक अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् । उनले सोमबार इजबायोएनटेकले उत्पादन गरेको खोप लगाएकी थिइन् । अमेरिकाको एक ठूलो औषधी कम्पनी फाइजर तथा जर्मनीको बायोएनटेक कम्पनीको साझेदारीमा उत्पादन गरेको कोरोना विरुद्धको यो खोप ९५ प्रतिशतसम्म सुरक्षित रहेको बताइएको छ । माइनस ७० डिग्री तापक्रम चिस्यानमा भण्डारण गरिने यो खोपलाई बेलायतले आपतकालीन प्रयोगका लागि पहिले नै अनुमति दिइसकेको छ । फाइजर ÷बायोएनटेकको खोपलाई अमेरिकाको औषधी तथा खाद्य प्रशासन (एफडीए)ले गत शुक्रवार आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकाको नियामकद्धारा पास हुने यो पहिलो खोप हो । यो खोप अमेरिकाका १५० अस्पतालमा उपलब्ध गराइनेछ । अमेरिकाले खोप अभियान अन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म करिब दश करोड जनसंख्यामा यो खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म तीन लाख मानिसले ज्यान गुमाईसकेका छन् । विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित हुने देशको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ । कोरोनाले अमेरिकालाई सबैभन्दा प्रभावित पारेको छ । त्यही कारणले गर्दा अमेरिकाले अहिलेसम्मकै सबैभन्दा वृहत खोप अभियान सञ्चालन गर्ने जनाएको छ । कोभिड ट्रयाकिङ्ग प्रोजेक्टका अनुसार अमेरिकामा कोरोना संक्रमणकै कारण हालसम्म दश लाख मानिस अस्पतालमा भर्ना भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया