झलनाथ खनाल भन्छन् – पार्टीभित्र थाहापत्तै नदिइ अध्यादेश जारी गरियो

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र छलफलै नगरी अध्यादेश जारी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले जारी गरेको अध्यादेशबारे पार्टीका प्रमुख नेताहरू कसैलाई पनि थाहा नभएको उनले बताए । ‘पार्टीका जिम्मेवार नेताहरू कसैलाई पनि अध्यादेश ल्याउने बारे थाहा छैन,’ अध्यादेशको औचित्यमाथि प्रश्न उठाउँदै नेपालवाचसँग उनले भने, ‘अध्यादेश किन ल्याउनुपर्यो ?’ अध्यादेशको अध्ययनपछि छलफल गरेर के गर्ने भन्नेबारे निष्कर्ष निकाल्ने नेता खनालले बताए ।आजका लागि तय भएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका हुन् । आजै विहान छोटो समयका लागि बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी प्रधानमन्त्री ओलीले यसअघि नै खारेज भएको अध्यादेश पुनः जगाउने गरी राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेका थिए । ओलीले मनोमानी ढंगले अध्यादेश जारी गर्ने निर्णय ल्याएको नेता खनालले बताए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया