बरालिएका ओलीलाई बाध्न बैठक माग गरौं : थापा

काठमाडौं । कांग्रेसका युवा नेता गगन थापाले बरालिएका केपी ओलीलाई बाध्न संसद बैठकका लागि पार्टीले बाध्य पार्नुपर्ने बताएका छन् । पार्टी बैठक बस्नु अघि सामाजिक संजालमा लेख्दै थापाले उपसभामुख चयन नभएससम्म संवैधानिक परिषद्को बैठकमा नगई निर्वाचनका लागि बाध्य पार्न माग गरेका हुन् । ‘पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौँ बरालिएका केपी ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं,उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ,संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ । यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ। आज बैठक बस्दै हुनुहुन्छ , पार्टी सभापतिलाई फेरी विनम्र अनुरोध !’ थापाले भनेका छन् ‘संविधानको धारा ९३९३०अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ। उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ। उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।’ अध्यादेशपछिको अवस्थाबारे कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा छलफल हुँदैछ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया