तत्काल संसद बैठक बोलाउन जसपाको माग

काठमाडाैं । संसद्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदकाे अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सरकारले अध्यादेशमार्फत देश चलाउन खोजको भन्दै जसपाले विरोध गरेको हो । सरकारले संवैधानिक परिषद्सम्वन्धी अध्यादेश ल्याएर संवैधानिक अंगहरुमा नियन्त्रण गर्ने खोजेको पनि आरोप लगाएको छ । जसपाका केन्द्रीय समिति अध्याक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै सरकारले सार्वभौम संसदलाई उपेक्षा गरेको बताए । सरकारले विधिको शासन विपरीत षड्यन्त्रपूर्वक ढंगले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरूलाई नियन्त्रणमा लिनका लागि संविधानको भावना र मर्ममाथि प्रहार गरेको पनि भनेको छ । सरकारको यस कदमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको पनि निष्कर्ष निकालेको छ । सरकारका यस्ता कदमले मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने कार्य गरेको उसकाे भनाइ छ । विज्ञप्तीमा भनिएको छ,‘सरकारको यस्ता गैरलोकतान्त्रिक एवं स्वेच्छाचारी कार्यको जसपा घोर भत्र्सना एवं विरोध गर्दछ । सरकारले अध्यादेश तुरन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशिघ्र बोलाउनु पर्दछ ।’
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया