NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी भएको अध्यादेशबारे छलफल गर्न बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले अध्यादेश फिर्ता गरेर तत्काल संसद बैठक बोलाउन माग गरेको जानकारी सह–महामन्त्री डा. प्रकाशशरण महतले दिए । साथै, बैठकले २९ मंसिरमा ७७ वटै जिल्लामा गरिएको सरकारविरोधी प्रदर्शन सफल भएको भन्दै सहभागीहरुलाई धन्यवाद पनि दिएको छ । पदाधिकारी र पूर्व पदाधिकारी बैठकको निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक आज सभापति श्री शेरबहादुर देउवाको निवासमा बस्यो । बैठकले निम्नानुसार निर्णय गरेको छ । १) संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धिमंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेकोे ठहर  बैठकले गरेको छ । संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेकोछ । संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिंदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । २) संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन बैठकले माग गरेको छ । ३) संवैधानिक परिषद् सम्बन्धि जारी अध्यादेश एवं अन्य समसामयिक राजनैतिक बिषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११.०० बजे बोलाउने निर्णय बैठकले गरेको छ । ४) मंसिर २९ को देशब्यापी प्रदर्शनले कम्युनिष्ट सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेल माथि भएको दुव्र्यवहार, कोभिड विरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचार विरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्ष सहित सहभागी सबैमा बधाई ज्ञापन गरेको छ । प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पु¥याउनु हुने देशभरिका संचार माध्यमलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक संजाल मार्फत महत्वपूर्ण योगदान पु¥याउने बिशेषतः युवा पंक्तिलाई बधाई र सम्मान बैठकले व्यक्त गरेको छ ।५) उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकार समक्ष जोडदार माग गरेको छ । जय नेपाल ! कृष्णप्रसाद पौडेलमुख्य सचिव

ताजा अपडेट

नेपालवाच विशेष