प्रधानमन्त्रीसँग १५ मिनेट भेटेर प्रचण्ड खुमलटारमा आफ्नो पक्षका नेतासँग परामर्शमा

काठमाडौँ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर खुमलटार फर्किएका छन् । करिब १५ मिनेट केपी ओलीसँग बालुवाटारमा भेटेपछि प्रचण्ड खुमलटार फर्किएर नेताहरुसँग छलफलमा बसेका छन् । तर भेटमा के कुराकानी भयो भन्ने जानकारी नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले नेपालवाचलाई बताए । उनले खुमलटार पुगेर प्रचण्ड नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुसँग छलफलमा बसेका छन्।
ताजा अपडेट
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
-
१० महिनामा वीरगञ्ज भन्सारबाट कति उठ्यो राजस्व ?
-
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
प्रतिक्रिया