NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

चिनियाँ टोली र नेपालबीच भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली र नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाल र चिनियाँ टोलीबीच अहिले बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भईरहेको हो । भेटमा प्रतिनिधिसभा विघटन, नेकपा विभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ । आइतबार नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको समूहले राष्ट्रपति तथा प्रधानमन्त्रीसहीत शिर्ष नेताहरुसँग भेटवार्ता गरिरहेको छ ।