लोकतन्त्रलाई सवल बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ : शेखर कोइराला

मोरंग । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र सवल बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताएका छन् । मोरङ क्षेत्र नं ६ मा भएको प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका हुन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतले गर्ने निर्णय स्वीकार्य हुने समेत बताएका छन् । सँग , उनले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिएकी थिइन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको थियो । उक्त प्रदर्शनमा कांग्रेसका नेताहरुले आफ्नो आफ्नो निर्वाचन क्षेत्रलाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया