NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

अदालतले प्रतिनिधिसभा विघटनको विपक्षमा आदेश दिनेछः देव गुरुङ

कास्की । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताएका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अदालतले संविधानको रक्षा गर्नेमा विश्वस्त रहेको बताएका हुन् । विघटित प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक समेत रहेका गुरुङले भने, ‘सरकार बन्न नसकेका अवस्थामा बाहेक संविधानमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको परिकल्पना गरिएको छैन । हामीलाई आशा र विश्वास छ, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सच्चाउने छ ।’