NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

कमल थापाको आरोप– चीनले नेकपामा हस्तक्षेप गर्यो

काठमाडौं । राप्रपा नेता कमल थापाले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डले नेपालमा गरिरहेको भेटमार्फत नेकपामा हस्तक्षेप गरेको बताएका छन् । सामाजिक संजालमा लेख्दै थापाले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको नेकपामा चासो राखे जस्तै भारतीय कांग्रेसले नेपाली कांग्रेसमा र भाजपाले राप्रपाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाले त्यसलाई स्वीकार गर्ने कि के गर्ने भन्दै प्रश्न उठाएका हुन् । मैले नबुझेको हो वा बढी बुझेको हो,थाहा छैन। चिनियाँ कम्युनिष्ट पार्टीले झै अन्तरराष्ट्रिय भाईचारा र समान बिचारधारा भन्दै…Posted by Kamal Thapa on Monday, December 28, 2020 ‘मैले नबुझेको हो वा बढी बुझेको हो,थाहा छैन’, थापा लेख्छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले झै अन्तरराष्ट्रिय भाईचारा र समान विचारधारा भन्दै भारतीय कंग्रेसले नेपाली कंग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव,हस्तक्षेप दिन वा गर्न थाले र त्यसलाई स्वीकार गर्ने प्रवृत्ति कायम रहे नेपालको स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको निर्णायकत्वको के हाल होला रुवुद्धिजीवी वर्ग र आम संचारमाध्यमहरू किन बोलिरहेका छैनन ?’