NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

कोरोनाबाट निको भई डिस्चार्ज भए सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौला कोरोना भाइरस (कोभिड–१९)बाट मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएका छन् । २६ मंसिरमा कोरोना देखिएका सिटौलालाई निमोनिया पनि देखिएपछि ५ पुसमा ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको कोभिड वार्डमा उपचार गराएपछि मंगलबार सिटौलालाई डिस्चार्ज गरिएको हो । Covid- 19 को संक्रमणबाट विमारी भएको कारण HAMS अस्पतालमा उपचार गरि स्वस्थ भएर आज घर फिरेको छु । यस क्रममा मेरो…Posted by Krishna Prasad Sitaula on Monday, December 28, 2020 ‘कोभिड–१९ को संक्रमणबाट बिमारी भएको कारण ह्याम्स अस्पतालमा उपचार गरी स्वस्थ भएर आज घर फिरेको छु,’ उनले लेखेका छन्, ‘यस क्रममा मेरो स्वास्थ्यलाभको कामना गर्नु हुने सबै मान्यजन, दिदीबहिनी, दाजुभाईहरूप्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछु साथै मेरो उपचारमा खटिनु हुने डाक्टर,नर्स एवम् सम्पूर्ण अस्पताल परिवारप्रति आभार प्रकट गर्दछु। अब केही दिनको आरामपछि नियमित भेटधाटमा फर्कने छु। जय नेपाल ।’