NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओलीको कदम विरुद्ध सडकमा आउनुपर्ला भनेर सोचेका थिएनौं: प्रचण्ड

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफूले तीन वर्षमा ओलीको प्रतिगामी कदमका विरुद्ध सडकमा आउनुपर्ला भनेर नसोचेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजना भएको नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मैले तीन वर्षमा ओलीको प्रतिगामी कदमका विरुद्ध सडकमा आउनुहोला भनेर बिलकुल सोचेका थिएनौं,’ प्रचण्डले भने, ‘तर, हामी सडकमा छौं ।’ सँगै, उनले तीन वर्ष नबित्दै आफैंले बनाएको प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन र गणतन्त्रमाथि प्रहार भएकोमा क्षमा समेत मागेका थिए ।