NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

क्रोएसियामा भूकम्प, ७ जनाको मृत्यु

क्रोएसियामा ६.३ म्याग्निच्युडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । कैयन घाइते तथा बेपत्ता छन् । मध्य क्रोएसियालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट ग्लिना सहरमा मात्र ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यसैगरी, पेट्रेनियामा १ र जाजिनामा अर्का एक व्यक्तिको शव फेला परेको छ । भूकम्पले सबैभन्दा धेरै क्षति पेट्रिन्जामा पुर्याएको छ । बीबीसीका अनुसार यहाँको झण्डै आधा सहर ध्वस्त भएको छ । यहाँको भत्किएको भग्नावशेषमा कैयन् फसेको र तिनको उद्धारमा उद्धारकर्ता खटिएको पेट्रिन्जाका गभर्नरले जनाएका छन् । भूकम्पबाट कति मानिस घाइते भए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन । तर अस्पतालमा घाइतेको उपचार गर्न कठिन भएको छ । त्यहाँस्थित राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूमा घाइतेको उपचार गर्न कठिन भएको जनाएको छ । स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो । यसको धक्का क्रोएसियाको राजधानी जागरेबसँगै छिमेकी देशहरू बोस्निया, सर्भिया र इटलीसम्म महसुस भएको बताइएको छ ।