वागमती प्रदेशको सांसदीय दलको नेतामा शाक्य चयन

काठमाडौं । राजनीतिक रुपले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहको वागमती प्रदेशको संसदीय दलको वैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेताको रुपमा चयन गरको छ । आज बसेको प्रदेश सांसदहरुको बैठकले डोरमणी पौडेललाई पदबाट हटाउँदै शाक्यलाई संसदीय दलको नेताको रुपमा चयन गरेको हो । यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई मुख्यमन्त्री पदमा प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया