देशभर एकसाथ अस्पताल शिलान्यास हुँदा हामी उद्घाटनको तयारीमा छौं

पहिलेको स्थानीय निकायको सट्टामा अहिले देशैभर स्थानीय तह छन् । जसलाई स्थानीय सरकार पनि भनिन्छ । लामो समयको रिक्ततापछि यस्ता स्थानीय सरकारहरु अस्त्विमा आएका हुन् । यिनीहरुलाई जनताको पक्षमा थुप्रै काम गर्ने अवसर पनि छ । केन्द्रबाट सोझै बजेट आउनेमात्रै होइन स्थानीय स्रोत पनि परिचालन गर्न पाउनु यस्ता सरकारको लागि अवसर पनि हो । यस्ता सरकार अस्तित्वमा आएको तीन वर्ष बढी भइसक्यो । यसै सिलसिलामा बागमती प्रदेशको ललितपुर जिल्लास्थित बागमती गाउँपालिकाका अध्यक्ष विरबहादुर लोप्चनसँग उनले गरेका कामबारे नेपालवाचले गरेको कुराकानी : ललितपुरको दुर्गम ठाउँको गाउँपालिकामा जितेपछि तपाईंका प्राथमिकता के–के थिए ? यो अवधिसम्म आइपुग्दा प्राथमिकता अनुसार कति काम सकें भन्ने लाग्छ तपाईंलाई ? ललितपुरको दक्षिणी भूभाग त्यो पनि पहाडी इलाकामा हाम्रो गाउँपालिका पर्छ । भूकम्पपछि यो क्षेत्रका सडकदेखि घर बस्ती नै धेरै प्रभावित थिए । यसकारण सडक र पूर्वाधार नै हाम्रो प्राथमिकतामा थिए । भूकम्पबाट क्षतविक्षत भएका सडक, विद्यालय, घर र बस्ती र पूर्वाधार निर्माणलाई नै हामीले प्राथमिकतमा राखेर काम गरिरहेका छौं । यहाँका सातैवटा वडामा गाउँबस्तीसम्म सडकले जोड्ने प्रतिवद्धता अनुसार काम गरिरहेका छौं । दोस्रोमा खानेपानीको सुविधा पु¥याउन एक घर एक धारा भनेर प्रतिवद्धता गरेका थियौ । यसमा पनि हामी प्राथमिकताको साथ काम गरिरहेका छौं । अरु विकास निर्माणका साथै कृषि उत्पादनलाई बढावा दिएर उत्पादनको व्यवस्थापनमा पनि हामी केन्द्रित छौं । साढे तीन वर्षको अवधिमा आठदेखि दश घरसम्म भएको गाउँटोलमा मोटर बाटो पु¥याउने काम झण्डै सम्पन्न भएको छ । केही बाँकी रहेका काम यस वर्ष पूरा हुन्छ । यी तीन बढीको समयसम्म आइपुग्दा आफूले गरेका वाचाहरु कति पूरा भए ? साढे तीन वर्षको अवधिमा हामीले प्रतिवद्धतामा गरेको ९० प्रतिशत जति वाचा पूरा गरेका छौं । बाँकी कार्यहरु अबको बाँकी अवधिमा पूरा गर्छाै । स्थानीय सरकार पहिलेको स्थानीय निकाय जस्तो होइन, अधिकार र स्रोत साधन धेरै हुने हुँदा राम्रा र प्रभावकारी काम गर्ने अवसर पनि तपाईंहरुलाई थियो÷छ । यस्तोमा के कति काम गर्न सक्यौं भन्ने लागेको छ ? हाम्रा हरेक काम र योजना बजेटमा गएर जोडिन्छन् । अहिले कोभिडको कारण पर्याप्त बजेटको अभाव र राजस्वमा पनि प्रभाव परेको हुँदा हाम्रो बजेटहरु कटौती भएका छन् । पर्याप्त बजेट नहुँदा हामीले सोचेको जति काम गर्न सकेका छैनौं । यसको प्रभाव आन्तरिक स्रोतमा पनि परेको हुँदा कतिपय योजनाहरु कटौती गर्नुपर्ने बाध्यता हामीलाई छ । यसर्थ सोचेको जति काम गर्न सकेका छैनौं । बजेटले मात्रै हो की समस्या पारेको अरु अधिकार बाडफाँड र नीतिगत अलमलले पनि काममा प्रभाव पारेको छ ? प्रदेशले पर्याप्त ऐन कानूनहरु बनाएर दिन सकेको अवस्था छैन । पहिला संघ र प्रदेशको चुनावपछि स्थानीयको हुनुपर्नेमा स्थानीयबाट सुरु भएर संघ र प्रदेशको चुनाव भयो । सरकार बन्यो । यसकारणले स्थानीय तहको कुनै संरचना र पूर्वाधार नै पर्याप्त छैन । अहिलेसम्म हाम्रो प्रमुख प्रशासकीय भवनहरु निर्माणाधीन नै छ । यस्तोमा कतिपय नीति नियमहरु संघ प्रदेशले दिन नसकेको कारणले पनि अन्योल छ । तीन तहको सरकार भनेर संविधानले निर्देशित गरेको हुनाले हामी स्थानीय तह र सरकारले केही नियम, कार्यविधि, नियमावलीहरु बनाएर लागू गरेका छौ । यसले गर्दा हामीलाई त्यति धेरै समस्या भने भएको छैन । तर, भएकै कानूनहरु पर्याप्त छन् भन्ने होइन । तपाईंले सडक र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेका छौ भन्नुभयो ? बाटोसँगै कृषिको कुरा पनि जोड्नुभयो । कृषिलाई बढावा दिन नागरिकहरुलाई उद्यमशील बनाउन कस्ता कार्यक्रमहरु प्राथमिकतामा राख्नुभएको छ ? कृषिको विकासका लागि तरकारी फलफूल पकेट क्षेत्र, भैसी, बाख्रा पालनका तालिम कार्यक्रमहरु छन् । महिला शशक्तिकरणको विभिन्न तालिम राखिएको छ । दुई जना सामाजिक परिचालकहरु राखिएको छ । यसपटक उद्योग मन्त्रालयबाट उद्यमशीलताको लागि कार्यक्रमहरु परेका छन् । यसमार्फत सीपमूलक तालिम दिइने छ । विकट भौगोलिकता साथै स्वास्थ्य सेवाको हिसाबले पनि पछि परेको यो गाउँपालिकामा स्वास्थ्यको विषयमा के–के काम भइराखेको ? हाम्रो सातै वडामा स्वास्थ्य चौकीसहित एउटा सामुदायिक इकाई रहेको छ । अहिले भट्टेडाँडामा हस्पिटलको रुपमा सञ्चालन गरिराखेका छौ । १५ बेड क्षमता भएको पालिका स्तरीय हस्पिटल प्युटारमा निर्माण कार्य सम्पन्न भएको छ । मंसिर १५ गते ३९६ स्थानीय तहमा हस्पिटल शिलान्यास हुँदा हामी उद्घाटनको तयारीमा छौं । केही साधन, औजारहरु प्रदेशमा, संघमा माग गरेका छौं । यसको उपलब्धता पछि शिल्यान्यास गर्ने माननिय सामाजिक मन्त्रीलाई ल्याएर उद्घाटन गर्छौ । यस पालिकाका दुई ठाउँ प्युटार र भट्टेडाँडामा पालिकाले बजेट व्यवस्थापन गरेर ल्याव सञ्चालन गरेको छ । राज्यले २ जनामात्र वर्थिङ सेन्टरको अनमिको कोटा पठाउँदा हामीले चार जनाको कोटा व्यवस्थापन गरेका छौ । यसर्थ स्वास्थ्य क्षेत्रमा पनि राम्रै गरेका छौं । बागमती प्रदेशको पालिकाहरुमा तपाईंको पालिका कुन कामले फरक छ ? नेपालको ४६० गाउँपालिका अन्तर्गत हाम्रो बागमती गाउँ पालिका १५ औ नयाँ काम गर्ने पालिका बनेको छ । अरु ठाउँमा नगरेको नयाँ योजना र कामहरुको आधारमा सूचीकृत भएको गाउँपालिका राष्ट्रिय महाँसंघले जनाएको छ । जसमा एकल पुरुषको भत्ताको विषय, कृषिमा जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमसहितका विषय छन् । एकल पुरुष भत्ता दिनेमा ६० वर्ष नाघेर ७० नलागेका पुरुषलाई राखेका छौ । पीडित एकल महिलाहरुलाई सहयोग आवश्यक भएझै एकल पीडित पुरुषहरुलाई पनि आवश्यकता महसुस भएर भत्ताको व्यवस्था गरिएको हो । यस व्यवस्थामा मासिक एक हजार रुपैयाँ रहेको छ । यसबाट झण्डै ५५ जना लाभान्वित भएका छन् । साढे तीनवर्षसम्म आइपुग्दा आफ्नो कामबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ? हाम्रो गाउँपालिकाको घोषणापत्रमा भएबमोजिमका प्रायःजसो कार्य गरेका छौ । बाँकी कार्यहरु आगामी दिनमा पूरा गर्छौ । कोभिड महामारीपछि कसरी व्यवस्थापन गर्नुभयो ? भट्टेडाडाँडास्थित पहिलेको कृषि भवनमा एक डक्टर, दुई नर्स र एक कार्यलय सहयोगीसहित कोभिडको अस्थायी हस्पिटल सञ्चालनमा ल्याएका छौं । महाकांलखोल्सामा कोभिड अस्पताल सम्पन्न भएको छ । आवश्यक पर्दा क्वारेन्टिनहरु थप्न सक्ने तयारीमा पनि छौं । भाग्य पनि भनौ हाम्रो तिर संक्रमित छैनन् । यसले पनि हामीलाई सजिलो बनाएको छ ।
प्रतिक्रिया