संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्धको रिट पुनःदर्ता हुने

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्धको रिट दर्ता हुने भएको छ । सो अध्यादेश खारेजीको माग गर्दे अधिवक्ता वीरभद्र जोशी रिट लिएर पुगेका थिए । तर सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले दरपीठ गरिदिएका थिए । यस दरपीठ विरूद्ध जोशीले रिट दर्ताका लागि दिएका थिए । आज सर्वोच्चन्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद अध्यादेश जारी गरेकी थिइन् । सो अध्यादेश अनुसार अध्यक्षसहित तीन जना सदस्य भए गणपुरक संख्या पुग्ने थियो । गत ३० मंसिरमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली र सदस्यहरु राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहभागी भएर ११ वटा संवैधानिक अंगमा ४५ रिक्त पद पूर्ति गरेका थिए । यस कार्य असंवैधानिक भएको भन्दै जोशी रिट लिएर सर्वोच्च गएका थिए ।
प्रतिक्रिया