NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

कस्मिरमा भएको भिडन्तमा तीनको मृत्यु

काठमाडौं । भारतीय सुरक्षा बलले कस्मिरको मुख्य शहर श्रिनगरमा भएको भिडन्तमा तीन जना कस्मिरी मानिसको मृत्यु भएको बताएको छ । भारतीय सुरक्षा बलकाअनुसार बुधबार भएको दोहोरो भिडन्तमा श्रिनगरमा तीन जना सशस्त्र लडाकुको मृत्यु भएको जनाएको हो । तर, मृतकका परिवारले भने निर्दोषको हत्या भएको बताएका छन् । आधिकारिक तथ्यांकअनुसार कस्मिरमा यो वर्ष मात्रै दुई सयभन्दा धेरैको मृत्यु भएको छ । ‘मृतकको परवारलाई उनीहरुले गर्ने कामको बारेमा थाहा नहुनसक्छ,’ कस्मिर प्रहरीका अधिकारी विजय कुमार भन्छन् । उनका अनुसार बुधबार मारिएका तीन जना सशस्त्र लडाकुले हमलाको तयारी गरेको देखिएको थियो । उनले भने, ‘भिडन्त भएको ठाउँबाट एउटा राइफल र दुई पेस्तोल वरामद गरिएको छ ।’