किसानले सडकमा दुध पोख्नुपर्ने अवस्थाको अन्त्य गर्छौः मुख्यमन्त्री पौडेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उपत्यकामा बिक्री नहुँदा सडकमा दुध पोख्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । मुख्यमन्त्री पौडेलले दुग्ध पाउडर कारखानाको शिलान्यास गर्दै यस्तो बताएका हुन् । प्रदेश सरकारको दुग्ध विकास बोर्ड मार्फत धुलो दुध उत्पादन गर्नका लागि कारखाना स्थापना हुन लागेको हो । शिलान्यासको अवसरमा पौडेलले कारखाना सञ्चालनमा आएपछि सडकमा दुध पोख्नुपर्ने अवस्था अन्त्य हुने बताएका हुन् ।
प्रतिक्रिया