NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

उपत्यकाका यी ठाउँमा आज बिजुली नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । बिहीवार बानेश्वर सव स्टेसनको लोड व्यस्थापन गर्नको लागि लगनखेल वितरण केन्द्रको हरिसिद्दि फिडर अन्तर्गतका क्षेत्रमा दिउसो १२ देखि २ बजेसम्म विद्युत कटौती हुने जनाएको छ । रेडियो नेपाल फिडर अन्तर्गत दिउसो १२ बजेदेखि ३ बजेसम्म सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरु अन्तर्गतका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्द हुने प्राधिकरणले जनाएको छ । कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।