प्रचण्ड-नेपाल समूहद्वारा राईलाई हटाइ आचार्य संसदीय दलको नेतामा चयन

विराटनगर । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट प्रदेश मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । केही दिनअघि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको थियो । अविश्वासको प्रस्ताव दर्ता गर्दै भीम आचार्यलाई मुख्यमन्त्रीको लागि प्रस्ताव गरेको थियो । बिहीबार बसेको नेकपाको प्राचण्ड–नेपाल समूहको प्रदेश १ को संसदीय बैठकले राईलाई हटाएर आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
प्रतिक्रिया