NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले देश र लोकतन्त्रको रक्षा गर्न सक्दैन्ः पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवले पछिल्लो राजनीतिक घटनाश्रमलाई लक्षित गर्दैै आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले देश र लोकतन्त्रको रक्षा गर्न नसक्ने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शान्तीवाटिकामा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व राष्ट्रपति यादवले यसो बताएका हुन् । उनले भने, ‘आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले देश, राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न सक्दैन् ।’ अहिले सरकारको कदमले देश अनिश्चित बाटोतर्फ गईरहेको महसुस गरेको उनले बताए । उनले भने, ‘लोकतन्त्र, संविधान, लोकतन्त्र सबैमाथि दुरगामी प्रभाव पर्ने देखेको छु । अहिले देश अनिश्चित बाटोतर्फ गईरहेको मलाई लागिरहेको छ ।’