लोडसेडिङ अन्त्य गर्ने केपी ओली हुन्, कुलमान होइनन् : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले लोडेसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी ओलीले गरेको दाबी गरेका छन् । प्युठानमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार ओलीले गरेको उनको भनाई छ । ‘कुलमान घिसिङले विद्युत चुहावटको नियन्त्रण गरेकै हुन्, व्यवस्थापन पनि गरेका हुन् पोखरेलले भने, ‘तर, भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’
प्रतिक्रिया