केपी ओली नेकपा साधारण सदस्यबाट पनि निष्कासन

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको छ । यस अघि स्थायी समिति बैठकले गरेको कारवाही सिफारिसकाे निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्दै ओलीलाई साधारण सदस्य पनि नहरने गरी पार्टीबाट निष्कासन गरेको हो । ‘निर्वाचन आयोगले पार्टीको विधान अनुसार पार्टीका बैठकहरु गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अध्यावधिक गर्ने बारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफ सहित पार्टीको आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । यस अघि अध्यक्षबाट ओलीलाई हटाएर नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाएको थियो । बैठकले आधिकारिक नेकपाको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया