NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

भोलि देशव्यापी आमहड्ताल गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले भोलि (बिहीबार) आमहड्ताल गर्ने भएको छ । विभिन्न संवैधानिक निकायहरुमा सरकारले संवैधानिक सुनुवाइविनै पदाधिकारी नियुक्ति गरेको विरोधमा सो समूहले भोलि आमहड्ताल गर्न लागेको जनाएको छ । नेकपाका नेता झलनाथ खनालले असंवैधानिक रुपमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिको विरोधस्वरुप आमहड्ताल घोषणा गरिएको जानकारी दिए । हड्ताल अस्वीकार गरेर दैनिक क्रियाकलाप गर्न सरकारको अपील ‘सरकारले असंवैधानिक ढंगले संवैधानिक आयोगहरुमा नियुक्ति गरे गरेर तानाशाही ढंगले केही मान्छेलाई काम गर्न लगाएकोमा हाम्रो विरोध हो’ खनालले नेपालवाचसँग भने, ‘संसदीय सुनुवाइसमेत नगरीकन असंवैधानिक ढंगले काम गरेकोमा हामी भोलि देशव्यापी आमहड्तालको कार्यक्रम सार्वजनिक गर्दैछौं । अन्य विरोधका कार्यक्रम पनि पछि आउनेछन् ।’ आमहड्ताल घोषणा गरेका हौं । थप कार्यक्रबारे २ बजे सो समूहले आकष्मिक पत्रकार सम्मेलन गर्दैछ ।

ताजा अपडेट

नेपालवाच विशेष