NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

रामकुमारी झाक्रीलाई पक्राउ गर्न गृहमन्त्रीसमक्ष माग

काठमाडौं । नेकपा केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो । ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि ब्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‌याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् । गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष