अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रचण्डलाई बोलायो

काठमाडाैं । अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । प्रचण्डले अदालतका अवहेलना गरेको भन्दै परेको रिटमा न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले आफै उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको हो । प्रचण्डलाई बाटोको म्यादबाहेक सात दिनभित्रमा अदालतमा उपस्थित हुन भनिएको छ । प्रचण्डले केही दिन अघि विराटनगरमा संसद पुनस्थापना नभए सभामुखमार्फत बैठक बोलाउने बताएका थिए । विचाराधीन मुद्दामा प्रचण्डले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता समिर हायूले प्रचण्डविरुद्ध रिट हालेका थिए ।
प्रतिक्रिया