खत्रीले गरे समावेशी आयोगको अध्यक्ष अस्वीकार

काठमाडौं । समावेशी आयोगमा अध्यक्षमा सिफारिस भएका मानप्रसाद खत्रीले पदलाई अस्वीकार गरेका छन् । पूर्व संविधानसभा सदस्य रहिसकेका खत्रीले आयोगको अध्यक्ष अस्वीकार गरेका हुन् । खत्रीले उक्त जिम्मेवारी नलिई नेकपा पार्टी एकता अभियानमा लाग्ने बताएका छन् । खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हँदै जिल्ला विकास समिति सभापति भएका थिए ।
प्रतिक्रिया