NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

हड्ताल अस्वीकार गरेर दैनिक क्रियाकलाप गर्न सरकारको अपील

काठमाडौँ । सरकारले २२ माघमा आम हड्तालको नाममा संविधानले दिएको नागरिकको हक हनन् नगर्न प्रचण्ड–नेपाल समूहको नेकपालाई आग्रह गरेको छ । २२ माघमा देशव्यापी हड्तालको घोषणा भएकोबारे ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा नीजि सम्पत्तीको तोडफोड, आगजनी लगायतका अवाञ्छित गतिविधि नगर्न अनुरोध गरेको हो । भोलि देशव्यापी आमहड्ताल गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा मन्त्रालयले शान्ति सुरक्षालाई खलल पार्ने गरि त्यस्तो गतिविधी गरेमा त्यसमा संलग्न विरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ । दैनिक रुपमा सञ्चालन हुने उद्योग, पेशा, व्यवसाय सञ्चालनका लागि बाधा पुग्ने काम भएमा कडा कारबाही गर्ने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले हड्तालकाे वेवास्ता गरि सम्पूर्ण उद्योग धन्दा, पेशा, व्यवसायहरु सञ्चालन गर्न समेत आह्वान गरेको छ । त्यसका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएको भन्दै मन्त्रालयले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आह्वान गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष