NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

नारायणहिटीमा ओली समूहको शक्ति प्रदर्शनले काठमाडौंका यी स्थानमा सडक अवरुद्ध हुने

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले काठमाडौंका विभिन्न १५ स्थानबाट जुलुस निकाल्दै छ । तीन देखि पाँच लाख कार्यकर्ता परिचालन गर्ने भनिएको उक्त प्रदर्शनले काठमाडौंका मुख्य स्थानहरूमा सवारी जाम पर्ने देखिन्छ । बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक, घण्टाघर, नेपाल वायुसेवा निगम, न्यूरोड, त्रिपुरेश्वर, गौशाला, माइतिघर, पुतलिसडक, लैनचौर, सोह्रखुट्टे, टेकु, बसन्तपुर, ज्ञानेश्वर र पुरानो बानेश्वरबाट भेला भएर दरबारमार्गमा पुग्ने जनाइएको छ । यीलगायतका वरपरका स्थालमा आज ११ बजेदेखि १ बजेसम्म सवारी जाम हुने महानगरीय प्रहरी कार्यालयले जनाएको छ । जुलुस दरबारमार्ग परिसरमा आइसकेपछि भने फाट्टफुट्ट गाडी चल्न सक्छन् । गत पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ । दुवै समूहले प्रदर्शन जारी गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय संसदिय सुनुवाई बिना नै राष्ट्रपति कार्यालयले संवैधानिक आयोगमा नियुक्ति गरेपछि बिहीबार प्रचण्ड–नेपाल समूहले आम हड्ताल नै गरेको थियो । संसद् नब्युँतिए सो समूहले फागुनबाट संयुक्त जनआन्दोलन गर्नेसमेत जनाएको छ । तस्विर : दि काठमाडाैं पाेष्ट

ताजा अपडेट

नेपालवाच विशेष