NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

गृहमन्त्री थापाकाे चेतावनीः मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा बन्द गरिनेछ

काठमाडौं । गृहमन्त्री एवं नेकपाका नेता रामबहादुर थापा बादलले सरकारविरुद्ध षडयन्त्र गर्नेलाई ‘जावलाखेलको जु (चिडियाखाना)मा बन्द गर्ने’ चेतावनी दिएका छन् । ‘प्रतिगामी अवसरवादीहरुले नेतृत्वलाई विस्थापित गर्न सबै प्रकारका षडयन्त्र र भ्रमको सहारा लिदै गएका छन् । । यदि राजनीतिक नेतृत्वले आत्मसमर्पण गर्दैन स्वेच्छाले राजीनामा नदिएपछि उनीहरु षडयन्त्रमूलक ढंगले लागेका छन्’ थापाले भने, ‘त्यसलाई विस्थापित गरिनेछ । मासाहारी आन्दोलन गर्नलाई संविधान र कानुनले अपराध घोषित गरेको छ । अपराध गर्नेलाई मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा बन्द गरिनेछ ।’ जनतालाई आन्दोलित गरेर मात्रै राजनीतिक नेतृत्वको रक्षा गर्न सकिने उनले बताए । ‘जनतालाई आन्दोलित गरेर मात्रै संविधानको रक्षा गर्न सकिन्छ । लाखौलाई परिचालन गरेर मात्रै राजनीतिक नेतृत्व र व्यवस्थाको रक्षा गर्न सकिन्छ ।’ उनले भने । नारायणहिटीको प्रांगणमा सभा गरेर गणतन्त्रको रक्षा गर्ने सन्देश दिएको उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष