सरकारले फेरि ल्यायो अध्यादेश

काठमाडौं । संवैधानिक परिषद्को बैठक कार्यविधि सम्बन्धको अध्यादेश विवाद अदालतसम्म पुगेको बेला सरकारले फेरि अर्को अध्यादेश ल्याएको छ । बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश २०७७ सरकारले ल्याएको हो । राष्ट्रपतिले संविधानको धारा ११४ (१) अनुसार शुक्रबार अध्यादेश जारी गरेकी छिन् । यस अघि ३० मंसिरमा संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी अध्यादेश ल्याएर सरकारले संवैधानिक आयोगहरुको नियुक्ति प्रक्रिया अघि बढाएको थियो । ४५ दिन कटेपछि केही दिन अघि संवैधानिक आयोगमा नियुक्ति गरिएपछि सभामुख अग्नी सापकोटा सो कदम असंवैधानिक रहेको भन्दै रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।
प्रतिक्रिया