दरबार अगाडि आमसभा गर्दा राजतन्त्रबारे प्रधानमन्त्री ओलीको प्रष्टीकरण

काठमाडौं । नारायणहिटी दरबार संग्राहालयकै गेटमा मञ्च बनाएर गरिएको आमसभामा प्रधानमन्त्री केपी ओलीले राजतन्त्रबारे प्रष्टीकरण दिएका छन् । ‘केपी ओलीले राजतन्त्र फर्काउने रे जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ।’ ओलीले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं ।’ लैनचौरतिर हिड्नेले पनि ओलीले राजतन्त्र फर्काएको घोषणा गर्ने चर्चा गरेकोमा पनि उनले प्रष्टीकरण दिन भ्याए । ‘बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको पनि सुनियो’ उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजिक न्याय र समानताका लागि लड्यो । यही केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’ ओलीले अन्य ठाउँमा कार्यक्रम गर्दा मान्छे नअट्ने भन्दै दरमार्गमा कार्यक्रमस्थल रोजेको पनि बताए । नेपालको इतिहासमैं सबैभन्दा ठूलो सभा गरेको उनको जिकिर थियो । सबैभन्दा धेरै मानिस सहभागी भएबाट पनि आफूहरु नै सबैभन्दा ठूलो पार्टी रहेको उनले बताए । ‘आजबाट कुन पार्टी मूल पार्टी, कुन सक्कली कुन नक्कली भन्ने टुंगो लाग्यो । फैसला भयो’ ओलीले भने, ‘इतिहासकै सबैभन्दा ठूलो जनसभा आज काठमाडौंमा भयो ।’ ओलीले मात्रै होइन उनी अघि बोल्ने गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलसम्मले दरबार अगाडि आमसभा गरेर गणतन्त्रको सन्देश दिएको दाबी गरेका थिए ।
प्रतिक्रिया