सत्य बोल्न सक्नुपर्छ – जसको हितका लागि हिँडेका हौं, हामी अहिले त्यो वर्गसँग छैनौं : लेखराज भट्ट

– ०३३ सालमा भारतका नक्सलवादीहरूसँग मेरो बाक्लो सम्पर्क थियो । उनीहरूबाट धेरै हातहतियारहरू हामीले २०३४ सालमै ल्याएका थियौं ।- प्रचण्डले आफूसँग जति संस्कार थियो, त्यो देखाए ।- प्रचण्डको चिन्तन/सोच भनेको निर्माण हैन्, विध्वंश गर्ने हो ।- जनताले हिजो जनयुद्ध लडेर आएका सबैको जीवनशैली नजिकबाट हेरिराखेका छन् ।- जनयुद्धमा लड्ने, अङ्गभङ्ग, वेपत्ता, घाइते, सहिद हुनेहरूको अवस्था के छ भनेर पनि जनताले नियालिरहेका छन् ।- सुदूरपश्चिमलाई हेर्ने अध्यक्ष प्रचण्ड र बाबुरामको दृष्टिकोण शासकीय प्रवृत्ति थियो ।- गोर्खाबाट राज्य विस्तार हुँदा डोटी राज्यले जहिले पनि प्रतिवाद, विद्रोह गर्यो । त्यही भएर त्यसैबेलादेखिका शासकहरूमा सुदूरपश्चिमको भूगोल, विद्रोह पाच्य भएन । सम्पन्न पारिवारिक विरासत छाडेर वर्गीय मुक्तिको नारा लगाउँदै लामो समय आन्दोलनमा लागेका व्यक्ति हुन्, लेखराज भट्ट । ०२८ सालदेखि नै राजनीतिक आन्दोलनमा लागेका उनी १ फागुन ०५२ देखि सञ्चालित १० वर्षे ‘जनयुद्ध’ मा सुरुवातदेखि भूमिगत भए । जनयुद्धमै लागेर उनले ठूलो पारिवारिक क्षति समेत व्यहोरेका छन् । शान्तिप्रक्रियामा आएपछि बनेका सरकारहरूमा उनी तीन पटक मन्त्रीसमेत बने । यसअघि श्रम र आपूर्ति मन्त्री भइसकेका उनी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री छन् । माओवादी जनयुद्धका क्रममा होस् या त्यसयताका शान्ति प्रक्रियापछिको अवधिमा, तत्कालीन माओवादीदेखि अहिले विभाजित नेकपामासमेतमा सुदूरपश्चिमबाट पार्टीको केन्द्रीय राजनीतिमा उनी निरन्तर हावी छन् । तत्कालीन एमाले र माओवादी एकीकरण भएर बनेको नेकपा अहिले दुई चिरामा विभाजित छ, भलै यसले औपाचारिकता पाइसकेको छैन । नेकपाभित्रको द्वन्द्व चर्किँदै गएपछि भट्टले स्पष्ट रुपमा प्रधानमन्त्री केपी ओलीको पक्ष लिए । नेकपा भित्रको पछिल्लो द्वन्द्वमा प्रधानमन्त्री ओलीलाई साथ दिने माओवादी ‘स्कुलिङ’ का पहिलो अगुवा पात्र नै भट्ट बने । लामो समय आफूलाई साथ दिएका भट्ट ओली कित्तामा उभिएपछि प्रचण्डले उनलाई ‘दलालको पनि दलाल’ भनेर कठोर टिप्पणी गरे । पछिल्लो समय विकसित यिनै राजनीतिक घटनाक्रममा केन्द्रित भएर उनै भट्टसँग नेपालवाचले संवाद गरेको छ । प्रस्तुत छ मन्त्री भट्टसँग पुष्प ढुङ्गाना र माधव बस्नेतको संवाद : धनगढीमा १७ माघमा भएको सभामा प्रचण्डले नाम नलिए पनि तपाईंलाई लक्षित गरेर हुर्काएँ, पटक–पटक मन्त्री बनाएँ । अहिले दलालको पनि दलाल निस्कियो भन्नु भयो । यथार्थ त्यस्तै हो ? म २०२८ सालदेखि राजनीतिक आन्दोलनमा आएको हु्ँ । मेरो राजनीतिक गुरु प्रेम कैदी हुनुहुन्छ । त्यो बेला नेपाल–भारत सीमा (बोर्डर) लक्ष्मीपुर, खेदी, सितापुरमा घनिभुत आन्दोलन भएको थियो । म तिनै आन्दोलनकारी कमरेडहरूसँग हुर्किएँ । त्यसपछि हाम्रो एउटा टिम ०३६ सालमा चौममा प्रवेश गर्यो । प्रचण्ड र म सहयोद्धा हौं । उहाँ (प्रचण्ड) लाई लागेको होला, मैले सबै थोक गरें । अरु कोही केही होइनन् भन्ने चिन्तन उहाँको मनमा छ । जयराज भण्डारी (दाइ), रामचन्द्र भट्ट, यज्ञराज भट्ट, डम्बरनाथ जोशीको टिम थियो हाम्रो । जयराम भण्डारी (दाइ) ले केटाकेटीमा मलाई काँधमा राखेर विद्यालय लानुहुन्थ्यो । पहाडमा हाम्रो घर वल्लो–पल्लो छ । मोहन विक्रम सिंहसँग जयराज भण्डारीले सम्पर्क गराउनु भएको हो । उहाँ अहिले पनि सिंहसँगै हुनुहुन्छ । मलाई लाग्छ, मोहन विक्रम सिंहले नै प्रचण्डलाई पनि हुर्काए, बढाए । मलाई पनि हुर्काए, बढाए । त्यसपछि हुर्काउने बढाउने मोहन वैद्य हुनुहुन्छ । उहाँ पश्चिमको इन्चार्ज हुनुहुन्थ्यो । हाम्रो पार्टी संगठनमा पहिलो पटक हतियार मबाटै गएको हो । त्यसअघि प्रचण्डले सेना– पुलिसको हातमा देखेका त थिए होला, तर आफैं प्रत्यक्ष बोकेको चाँहि मैले दिएको हतियार हो । प्रचण्ड र म सहयोद्धा हौं । उहाँ (प्रचण्ड) लाई लागेको होला, मैले सबै थोक गरें । अरु कोही केही होइनन् भन्ने चिन्तन उहाँको मनमा छ । प्रचण्डले मलाई त हुर्काएँ/बढाएँ भन्नु भएछ । तर उहाँलाई पनि मैले नै हुर्काए/बढाएँ भन्नुभएन । त्यो पनि भन्नुभएको भए राम्रो हुन्थ्यो । भारतस्थित गोरखपुरको कुसीनगरमा नेपाल युवक संगठनको राष्ट्रिय भेला थियो । भेलाबाट प्रचण्ड अखिल नेपाल युवक संगठनको अध्यक्ष हुनु भयो । म केन्द्रीय सदस्य निर्वाचित भए । उहाँ अध्यक्ष, म केन्द्रीय सदस्य भएकाले सबैलाई बनाए भन्नु भएको हो कि ! त्यसो हो भने त्यो राम्रो पक्ष हो । जो सँग जे छ, त्यहि भन्छ । म सँग जे छ, म पनि त्यही बोल्छु । प्रचण्डले आफूसँग जति संस्कार थियो, त्यो देखाए । अहिले प्रचण्डले बनाएका कोही पनि उहाँसँग छैनन् । किन छैनन् ? त्यो पाटोबाट अध्ययन गर्न सुझाव छ । ०७३ साल पुस १८ गते झण्डै १ घण्टा संवाद हुँदा प्रचण्डलाई पहिलो पटक पेस्तोल दिने मै हुँ भन्नु भएको थियो नि ! ०३३ सालमा भारतका नक्सलवादीहरूसँग मेरो बाक्लो सम्पर्क थियो । हामीले उनीहरूबाट धेरै हातहतियार २०३४ सालमै ल्याएका थियौं । पहिलो चोटि प्रचण्डले तपाइसँग भएको पेस्तोल दिनुपर्यो भने । मैले दिएँ । यो कुरा प्रचण्डले पनि स्विकारेका छन् । प्रचण्डको चिन्तन र सोच भनेको निर्माण हैन्, विध्वंश गर्ने हुन्छ । उहाँ कसैलाई स्थायी रुपमा आफूसँग राख्न सक्नु हुन्न । उहाँको नीति उपयोगितावादी छ । त्यो नीतिभित्र म पनि पर्थें र परें । पछिल्लो समयमा उहाँले मेरो उपादेयता बिर्सिनु भयो अनि अरुलाई अगाडि सार्नु भयो । हाम्रो पार्टी संगठनमा पहिलो पटक हतियार मबाटै गएको हो । त्यसअघि प्रचण्डले सेना– पुलिसको हातमा देखेका त थिए होला, तर आफैं प्रत्यक्ष बोकेको चाँहि मैले दिएको हतियार हो । त्यसो भए प्रचण्ड तपाईंका राजनीतिक र फौजी गुरु होइनन् ? अघि नै भने नि, मलाई जयराज भण्डारी सरले चौथो महाधिवेशनसँग जोडेका हुन् । वाम राजनीतिक धारमा ल्याउने प्रेम कैदी हो । क्षेत्रपाटीको कुनै घरको कोठामा भेला हुने गरेका थियौ हामी त्यसबेला । म त्यतिवेला होस्टलमा बसेर बनस्थलीमा पढ्थें । कैदीले भनेको एउटा शब्द मेरो दिमागमा आज पनि छ । उनले भनेका थिए – कर्णाली प्रदेश तबसम्म स्वायत्त हुन्न, जबसम्म हामीले अधिकार पाउन्नौं । त्यो शब्द मेरो दिमागमा बस्यो । मेरो मान्यता के हो भने पार्टी एकता गरिसकेपछि यो भत्काउनु हुन्न । सँगै जानुपर्छ । पहिले दुइजना अध्यक्षले कसैसँग सल्लाह नगरी पार्टी एकतामा हस्ताक्षर गर्नुभयो । अहिले उहाँहरूबीच कुरा नमिल्नेबित्तिकै पार्टी फुटाउन हुन्न । हामी भारत हुँदै काठमाडौं आउनु पथ्र्यो । आउँदा एक हप्ता लाग्थ्यो । धेरै हण्डर–ठक्कर, गाली अनि रेलमा धक्का–मुक्की पनि हुन्थ्यो । त्यसले प्रभाव पार्यो । अर्काे कुरा कैलालीमा मेरै क्षेत्रका भीमदत्त पन्तबाट म प्रभावित भएको हुँ । मेरो आमाले भीमदत्तका बारेमा धेरै कुरा भन्नु हुन्थ्यो । १७ साउन ०१० मा पन्तको हत्या भएपछि त्यतिबेला उहाँको सेनामा रहेका धेरै महिला पुरुषहरूलाई पक्राउ गरेर हाम्रै घरको बाटो डोटी, सिलगडी जेल चलान गरिएको थियो । उनीहरू हाम्रो घरमा बास बसेका थिए । त्यसबेला म जन्मेको त थिइनँ । आमाले भन्नुभएको र घरमा त्यसबारे कुराकानी भएको सुन्थे । त्यसबाट धेरै प्रेरणा मिल्यो । गोरखाको सिरानचोकमा तत्कालीन माओवादी पक्षधरहरूले ०४५ सालमा सैन्य तालिम लिनुभन्दा १०/११ वर्ष पहिले नै लिनु भएको रहेछ त ! हो, मैले त्यो भन्दा पहिला नै तालिम लिइसकेको थिएँ। स्वयंले बोलेका शब्दहरू, जे–जे आरोप, प्रत्यारोप भइरहेको छ, त्यसले अरुलाई पनि अपमान भइरहेको होला, त्याग, बलिदान, योगदान, समस्यालाई नदेख्दा अरुले पनि अपमानित भएको महसुस गरेका होलान भनेर प्रचण्डले कहिल्यै समिक्षा गर्नुभएन । मैले तालिम लिएको स्थानलाई महाकाली नदीले बगाएर अहिले बगरमा परिणत गरिदिएको छ । त्यो ठाउँ हाल शारदा नदी ब्यारेजका नामले चिनिन्छ । तपाईंलाई अहिले प्रचण्डले दलालको पनि दलाल भनिरहँदा कस्तो लागिरहेको छ ? मलाई अन्यथा लागेको छैन । जो सँग जे छ, त्यहि भन्छ । म सँग जे छ, म पनि त्यही बोल्छु । प्रचण्डले आफूसँग जति संस्कार थियो, त्यो देखाए । खासमा प्रचण्डसँग तपाईंको मनमुटाव किन भयो ? प्रचण्डले के, कसरी बुझ्नु भएको छ, त्यो उहाँको कुरा हो । उहाँसँग मेरो मनमुटाव भएको छैन । प्रचण्डको चिन्तन र सोच भनेको निर्माण हैन्, विध्वंश गर्ने हुन्छ । हिजोका दिनमा हामीले श्री ३, श्री ५ को विरोध गर्यौँ । नाम भन्दै पर्दैन सत्तामा पुगेका सबै नेताहरू त्यसैमा रुपान्तरण हुने रहेछन् । प्रचण्डमा पनि म त्यसैको रुप देख्छु । उहाँ कसैलाई स्थायी रुपमा आफूसँग राख्न सक्नु हुन्न । उहाँको नीति उपयोगितावादी छ । त्यो नीतिभित्र म पनि पर्थें र परें । पछिल्लो समयमा उहाँले मेरो उपादेयता बिर्सिनु भयो अनि अरुलाई अगाडि सार्नु भयो । मेरो मान्यता के हो भने पार्टी एकता गरिसकेपछि यो भत्काउनु हुन्न । सँगै जानुपर्छ । पहिले दुइजना अध्यक्षले कसैसँग सल्लाह नगरी पार्टी एकतामा हस्ताक्षर गर्नुभयो । अहिले तपाईंहरूबीच कुरा नमिल्नेबित्तिकै पार्टी फुटाउन हुन्न । सुदूरपश्चिमलाई हेर्ने अध्यक्ष प्रचण्ड र बाबुरामको दृष्टिकोण शासकीय प्रवृत्ति थियो । अहिले पनि त्यहाँको खस आर्यनलाई हेर्ने उहाँहरूको दृष्टिकोण सकारात्मक छैन । एकता महाधिवेशन नहुने बेलासम्म सहमतिय प्रणालीमा जाने भन्ने तपाईंहरूबाटै आएको कुरा हो । यसलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो राय हो । प्रचण्डको आफ्नो स्वार्थ के पुगेन ? विचारमा त मैले केही भिन्नता देखेको छैन । जनताको जनवाद अहिले पनि छ । तर, जनताको जनवादको व्याख्या कतैबाट पनि भएको छैन । मतभेद कहाँनेर भएको हो ? संगठनमा पनि स्पष्ट रुपमा के हो भन्न सक्नु भएको छैन । प्रचण्डले उहाँ (केपी ओली) ले मेरा सल्लाह सुझाव मान्नुभएन, अपमान गर्नुभयो मात्र भन्नुहुन्छ । २०५८ मा रोल्पाको ढाङढुङ भन्ने ठाउँमा संयुक्त क्रान्तिकारी जनपरिषद्को बैठक थियो । त्यहाँ मैले जातीय राज्यको प्रस्ताव आउँदा यो कम्युनिष्ट विचारधारा विपरित कुरा हो । यसले भोलि पार्टी र राष्ट्र दुवैलाई समस्या पार्छ । यसमा अध्ययन, अनुसन्धान नगरी हचुवा निर्णय नगरौं भनें । त्यहीबेला देखि म प्रचण्डको कोपभाजनको सिकार भएँ । स्वयंले बोलेका शब्दहरू, जे–जे आरोप, प्रत्यारोप भइरहेको छ, त्यसले अरुलाई पनि अपमान भइरहेको होला, त्याग, बलिदान, योगदान, समस्यालाई नदेख्दा अरुले पनि अपमानित भएको महसुस गरेका होलान भनेर प्रचण्डले कहिल्यै समिक्षा गर्नुभएन । प्रचण्डमा रहेको व्यक्तिकेन्द्रित समस्या असहमतिको विषय हो ? नेपालको राजनीतिमा मैले देखेको कुरा– जब मान्छे पावर (शक्ति) मा पुग्छ, उसले सबै कुरा भुल्दो रहेछ । आत्मकेन्द्रित र व्यक्तिवादी हुँदो रहेछ । स्वार्थमा मात्र केन्द्रित हुँदो रहेछ । मैले भनेको सबै कुरा अरुले मान्नु पर्छ । यीनले यो हैन, त्यो हो भन्ने हैसियत राख्दैनन् । सर्वेसर्वा मै हुँ भन्ने बनाउँदो रहेछ । हिजोका दिनमा हामीले श्री ३, श्री ५ को विरोध गर्यौँ । नाम भन्दै पर्दैन सत्तामा पुगेका सबै नेताहरू त्यसैमा रुपान्तरण हुने रहेछन् । प्रचण्डमा पनि म त्यसैको रुप देख्छु । प्रचण्डले दलालको पनि दलाल भनेपछि म महादलाल भए । मलाई त्यसो भन्दा प्रचण्डको उचाई बढ्यो कि घट्यो, यसमा टिप्पणी गरिरहन आवश्यक छैन । २०७४ सालको निर्वाचनपछिको भेटमा प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाउने मनसाय प्रकट गर्नुभएसँगै तपाइले सुदूरपश्चिम प्रदेश इन्चार्जका हैसियतले पत्र लेखेर दिनु भयो । अनि त्यहीँबाट प्रचण्डसँग मनमुटाव बढेको हो भनिन्छ नि ! निर्वाचन सम्पन्न भएलगत्तै म प्रचण्डलाई भेट्न उहाँको निवासमा गएको थिएँ । त्यस भेटमा उहाँले ‘श्रीमती विरामी, छोरो भर्खर बितेको अवस्थामा मेरो परिवार अप्ठेरोमा छ । तपाईंले प्रस्ताव राखिदिनुस् न !’ भन्नुभयो । आफ्ना कुराहरू जे छन् प्रधानमन्त्री ओलीले निडर भएर राख्नु भयो । कुनै राष्ट्र सानो र ठूलो हुन सक्छ । तर, सार्वभौमिकता, अखण्डता, स्वाभिमान सबैको समान हैसियतको हुन्छ । यो भन्दा पहिलाका कुनै प्रधानमन्त्रीले त्यसो भनेनन । नेतृत्वले कुनै आवश्यकता बोध गरेरै बिना मगरलाई मन्त्री प्रस्ताव गरेको होला भन्ने लाग्यो । मैले उहाँको परिवारको स्थिति पनि हेरें । प्रचण्डको परिवारप्रति अहिले पनि मेरो श्रद्धा छ । त्यसैले मान्नुपर्छ भन्ने सोचले अनुशासनभित्र रहेर मैले बिनालाई मन्त्री प्रस्ताव गरेको हो । त्यसमा सम्बन्ध बिग्रिनुपर्ने आवश्यकता थिएन । म चित्त बुझेन भने त्यो कुरा सोझै भन्ने मान्छे हो । मेरो मन्त्री हुने महत्वकांक्षा त थिएन । सुदूरपश्चिमको नेतृत्वमा म नै थिएँ । २०६४ र ०७० को निर्वाचन पनि मेरै नेतृत्वमा चुनाव लडिएको हो । तर, त्यसको श्रेय मलाई कहिल्यै दिनुभएन । साढे सात हजार जनमुक्ति सेनामध्ये ३५ सयदेखि चार हजारसम्म सुदूरपश्चिमका हुँदा पनि जस नपाउनुको कारण के थियो ? सुदूरपश्चिमलाई हेर्ने अध्यक्ष प्रचण्ड र बाबुरामको दृष्टिकोण शासकीय प्रवृत्ति थियो । अहिले पनि त्यहाँको खस आर्यनलाई हेर्ने उहाँहरूको दृष्टिकोण सकारात्मक छैन । इतिहास हेर्दा त्यहाँका आदिवासी खस आर्यन देशैभरी फैलिएका बुझिन्छ । तपाईंले हेर्नुभयो भने हाम्रा थरहरू पनि धेरैजसो सुदूरपश्चिमको गाउँ, ठाउँबाट बनेका छन् । जस्तैः तिमिल्सिना अछामको तिमिल्सेन गाउँबाट, ढकाल ढाकुबाट, निरौला निरौलीबाट मुडवरी डोटीको मुडवराबाट, बस्नेत खप्तडबाट फैलिएका केही उदाहरण हुन् । हाम्रा पिता/माताका छोराहरू तीन भाई हाैं । मेरो भाई बुहारी (माइलो भाईको श्रीमती) जनयुद्धकै समयमा शहिद हुनुभयो । त्यतिबेला सेनाले उहाँलाई खेतमा ट्रयाक्टरले किचेर मारेको थियो । कान्छो भाईलाई सेनाले कुटी–कुटी थला पार्यो । यातनाले गलेर उनले पानी मागेछन् । पानी पिलाउन भनेर नदीमा लगेर त्यहीँ हत्या गर्यो । मेरो बहिनी ज्वाईंलाई सेनाले पक्र्यो । उनलाई धनगढीस्थित बोराडाँडी ब्यारेकमा लगातार तीन महिनासम्म बोरामा हालेर सेनाले यातना दियो । धेरैले यसलाई स्वीकार गरेका छन् । राष्ट्रकवि स्वर्गीय माधव घिमिरेले दौरा सुरुवाल डोटीबाट आएको हो भनेका छन् । चन्द्र सुर्य नेपालको झण्डा त्यहींबाट आएको भनिएको छ । डोटेली भाषाबाटै नेपाली भाषा सिजाली भाषा हुँदै यता आएको हो भनेर भाषविद्ले पनि स्वीकारेका छन् । मैले चन्द्र बानियाँको महारानी पढे । त्यहाँ डोटीदेखिको पर्वतीय राजाको झल्को छ । गोर्खाबाट राज्य विस्तार हुँदा डोटी राज्यले जहिले पनि प्रतिवाद, विद्रोह गर्यो । त्यही भएर त्यसैबेलादेखिका शासकहरूमा सुदूरपश्चिमको भूगोल र विद्रोह पाच्य भएन । जनयुद्धकालमा प्रचण्डसँग तपाईको विमति थियो ? जातीय राज्य हुनुहुन्न भनेर ०५८ भदौमा नै मैले प्रचण्डसँग विद्रोह गरेको हुँ । त्यसबेला मलाई जमिनदारी चाहिएर व्यक्तिगत मत राखेको थिइनँ । मेरो मत देश र राष्ट्रको निम्ति थियो । म भीमदत्त पन्तबाट प्रेरित, भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भएको मान्छे हुँ । आफ्नो बर्गबाट तल झरेर यो देशको परिवर्तन र मुक्तिको निम्ति हिडेको मान्छे हुँ । व्यक्तिगत रुपमा मलाई यो चाहियो भनेर प्रचण्डसँग कहिल्यै माग गरिनँ । कुनै पनि आन्दोलनमा आफ्नो स्वार्थको माग राखेर हिँड्ने मान्छे सही होइन । म विशुद्ध परिवर्तनको निम्ति लागेको हुनाले जुन विचारधारा, नीतिले राष्ट्रलाई ठीक गर्दैन भन्ने लाग्यो, त्यो कुराको मैले विरोध गरें । २०५८ मा रोल्पाको ढाङढुङ भन्ने ठाउँमा संयुक्त क्रान्तिकारी जनपरिषद्को बैठक थियो । त्यहाँ मैले जातीय राज्यको प्रस्ताव आउँदा यो कम्युनिष्ट विचारधारा विपरित कुरा हो । यसले भोलि पार्टी र राष्ट्र दुवैलाई समस्या पार्छ । यसमा अध्ययन, अनुसन्धान नगरी हचुवा निर्णय नगरौं भनें । त्यहीबेला देखि म प्रचण्डको कोपभाजनको सिकार भएँ । प्रचण्डमा जे समस्या छ, प्रधानमन्त्री केपी ओली पनि समस्याविहीन छैनन् । प्रधानमन्त्री ओलीसँग तपाईंको कुरा कति दिन मिल्ला ? प्रचण्डले जुन उद्देश्य र वर्गका लागि संघर्ष, त्याग र लडाईं लड्नुभयो, त्यो वर्गलाई छाडिदिनु भयो । उहाँले छाडिदिएपछि हामी पनि उस्तै भयौं । प्रधानमन्त्री ओलीसँग भोलि कुरा मिल्ला । नमिल्ला । मिलेन भने फेरि आ–आफ्ना ठाउँहरू होलान् । छैन । जे सत्य हो, त्यो बोल्न सक्नुपर्छ । हामी जुन वर्गको हितका लागि हिँडेका हौं, अहिले त्यो वर्गसँग छैनौ । हाम्रो संगत को सँग छ ? तपाईंहरुले देखिरहनुभएको छ । यो कुरा आँट गरेर नेतृत्वले भन्न सक्नुपर्छ । तर, सकिरहनु भएको छैन । म त्यो क्षेत्रको मान्छे हुँ, जहाँ सीमा मिचिएको छ । म त्यो क्षेत्रको मान्छे हुँ, जहाँ पेटभरी पौष्टिक आहार नपाएर मानिसहरू कुपोषणको सिकार भएका छन् । लिम्पियाधुरा, कालापानीको विषयलाई धेरैपटक हामी पूर्व माओवादीहरूले सडकमा नारा उराल्यौं । शान्ति प्रक्रियामा आइसकेपछि सरकारमा गएर त्यसको नेतृत्व लिएपछि दुईपक्षीय वार्ताबाट त्यसलाई अघि बढाउनुपर्ने थियो । तर, त्यो काम प्रचण्डबाट हुन सकेन । अहिले प्रधानमन्त्रीको एउटै कुराले ममा गहिरो छाप पारेको छ । आफ्ना कुराहरू जे छन् प्रधानमन्त्री ओलीले निडर भएर राख्नु भयो । कुनै राष्ट्र सानो र ठूलो हुन सक्छ । तर, सार्वभौमिकता, अखण्डता, स्वाभिमान सबैको समान हैसियतको हुन्छ । यो भन्दा पहिलाका कुनै प्रधानमन्त्रीले त्यसो भनेनन । आफ्ना कुरा प्रष्टसँग राखेनन् । तर, केपी ओलीले त्यो कुरा राख्ने, प्रमाण जुटाउने, नक्सा ल्याउने, अध्ययन गराउने काम गर्नुभयो । त्यो भन्दा पहिला प्रचण्ड दुई पटक, माधवकुमार नेपाल, झलनाथ खनाल एक–एक पटक प्रधानमन्त्री हुनुभयो । तर, उहाँहरुबाट त्यो कुरा आएन । भूमिगत भन्ने घरबाट बाहिर ननिस्किने प्रवृत्ति पनि थियो । तर, म अरुजस्तो भूमिगत भएको घोषणा गरेर घरमा बसिनँ । पार्टी संगठनका लागि जहिल्यै परिचालित भइरहें । अस्ति जि न्युजमा प्रधानमन्त्रीले प्रष्ट अन्तर्वार्ता दिनुभयो । त्यसलाई प्रचण्डहरू सेटिङ हो भन्नुहुन्छ । उहाँहरुले भनेजस्तै हो भने त सेटिङ गर्ने मान्छेले के–के बोल्न लगायो, त्यही बोल्नुपर्दथ्यो । तर, प्रधानमन्त्री ओलीले राष्ट्र, सार्वभौम मुलुकको स्वाधिनताका पक्षमा स्पष्ट अभिव्यक्ति राख्नु भयो । मैले दुई तीन पटक सुने । प्रधानमन्त्रीमा पूर्वीय दर्शनको गहिरो अध्ययन छ । त्यसमा टेकेर अभिव्यक्ति राख्नुभएको छ । जहाँसम्म नेतृत्वले कसैलाई मान्छे मान्दैनन् भन्ने छ । यो नेपाली संस्कृतिमा देखिएको प्रवृत्ति हो । यस प्रवृत्तिका विरुद्ध पार्टीभित्र, सम्बन्धित नेतृत्वसँग छलफल गरिन्छ । अहिले म एकताको पक्षमा उभिएको हो । फुटले देश अस्थिरतातिर जान्छ भन्ने मेरो निश्कर्ष हो । जनयुद्धको नेतृत्वमा रहनु भएका पोष्टबहादुर बोगटी, हेमन्तप्रकाश ओली, हितराज पाण्डेका छोराछोरी सहिद भएका बाहिर आयो । तपाईं पनि नेतृत्वमै हुनुहुन्थ्यो । तर, तपाईंको भाइ–बुहारी सहिद भएको बाहिर आएन नि ! हाम्रो परिवारले प्रचार पाउनुपर्छ भन्ने मलाई लाग्दैन । त्यस्तै पीडाको कुरा गर्ने हो भने त मेरी श्रीमती पार्टीको काममा भारतमा बस्थिन । ०५८ सालको कुरा हो । त्यतिबेला उनी बच्चा पाउने थिइन । म भित्र ‘फिल्ड’ (देशभित्रै) मै थिएँ । संगठनमा होस् वा जनमुक्ति सेनामा, त्यतिबेला सुदूरपश्चिमको बलियो पकड थियो । त्यतिबेला साढे सात हजार जनमुक्ति सेना थिए । जसमध्ये ३५ सयदेखि चार हजारसम्म सुदूरपश्चिमका थिए । हामीले खेलेको भूमिकाका कारण एक पटक प्रचण्डले सुदूरपश्चिमलाई तेस्रो पिल्लर भन्न पनि भ्याएका थिए । श्रीमती एक्लै थिइनँ । उनी समयमै अस्पताल जान सकिनन् । म उनीसँगै भएको भए अस्पताल लग्थें । म ४ दिन अगाडि मात्रै पुगेको भए बच्चा बचाउन सकिन्थ्यो । तर, मैले यो पीडा कसैसँग राखिनँ । प्रचण्डसँग पनि भनिनँ । हाम्रा पिता/माताका छोराहरू तीन भाई हाैं । मेरो भाई बुहारी (माइलो भाईको श्रीमती) जनयुद्धकै समयमा शहिद हुनुभयो । त्यतिबेला सेनाले उहाँलाई खेतमा ट्रयाक्टरले किचेर मारेको थियो । कान्छो भाईलाई सेनाले कुटी–कुटी थला पार्यो । यातनाले गलेर उनले पानी मागेछन् । पानी पिलाउन भनेर नदीमा लगेर त्यहीँ हत्या गर्यो । हाम्रा पूर्वसहकर्मीहरू कसका घर छन्, कसका छैनन्, जनताले नियालिरहेका होलान् । उहाँहरूले भन्ने आँट गर्नुहुन्छ ? हुन्न । त्यो उहाँहरूको कुरा हो । मैले चाँही घर किने भनेर सुरुमा नै भनेको हुँ । मेरो बहिनी ज्वाईंलाई पनि सेनाले पक्र्यो । उनलाई धनगढीस्थित बोराडाँडी ब्यारेकमा लगातार तीन महिनासम्म बोरामा हालेर सेनाले यातना दियो । हामीले कहिल्यै पार्टीबाट यो गर्नु पर्छ । उ गर्नु पर्छ भनेनौं । त्यतिखेर पनि मैले युद्धको नेतृत्व गरिराखेको थिएँ । ०५९/०६० सालतिर मेरो घरमा बम हानियो । मेरो घरमा राष्ट्रिय वाणिज्य बैंक भएकाले बम हानिएको थियो । बम प्रहारबाट गणेश शाह दाइको घर धेरै क्षति भयो । गणेश शाहलाई मैले जग्गा दिएर घर बनाउनुभएको थियो । हामीले पार्टीसँग यी विषयमा कहिल्यै सिकायत गरेनौं । प्रचण्डसँग कहिल्यै यो देउ र उ देउ भनेनौं । तर, प्रचण्डले जहिले पनि हामीलाई पूर्वाग्रहको आँखाले हेरिरहे । म भन्दा २५/३० वर्ष पछिका नयाँ मान्छेहरूलाई इन्चार्जमा ल्याइयो । मैले कहिल्यै विमति राखिनँ । मैले कुनै पदको दुरुपयोग गरेर घर किनेको भए प्रमाणित गरिदिए पार्टीकै नाममा गर्दिछु भनेर दिवंगत नेता पोष्ट ब. बोगटीलाई यही घरमा निम्त्याएर छतमा राखेर भनेको थिएँ । कैलालीको जग्गा बेचेर मैले यहाँ घर किनेको हुँ । म कहिल्यै पद, पैसा, मान सम्मानको लागि आन्दोलनमा आएको थिइनँ । म भीमदत्त पन्तबाट प्रेरित, भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भएको मान्छे हुँ । आफ्नो बर्गबाट तल झरेर यो देशको परिवर्तन र मुक्तिको निम्ति हिडेको मान्छे हुँ । जुन वर्गको निम्ति हिँड्नुभयो, अहिले त्यही वर्गसँग हुनुहुन्छ त ? छैन । जे सत्य हो, त्यो बोल्न सक्नुपर्छ । हामी जुन वर्गको हितका लागि हिँडेका हौं, अहिले त्यो वर्गसँग छैनौ । हाम्रो संगत को सँग छ ? तपाईंहरुले देखिरहनुभएको छ । यो कुरा आँट गरेर नेतृत्वले भन्न सक्नुपर्छ । तर, सकिरहनु भएको छैन । तपाईं कति सालमा केन्द्रीय सदस्य हुन भयो ? २०४८ को एकता महाधिवेशनमा प्रस्ताव गरिएको थियो । त्यसवेला कृष्ण सेन इच्छुक र मैले हामी हुँदैनौं भन्यौं । त्यसपछि २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट मलाई केन्द्रीय सदस्य बनाइएको हो । जनताले जनयुद्ध लडेर आएका सबैको जीवनशैली नजिकबाट हेरिराखेका छन् । जनताले हिजोका दिनमा जनयुद्धमा लड्ने, अङ्गभङ्ग, वेपत्ता, घाइते, सहिद हुनेहरूको अवस्था के छ भनेर पनि नियालिरहेका छन् । जबकी आन्दोलनमा मेरो कहिल्यै पनि निष्क्रियता रहेन । त्यसबेला पनि म भन्दा २५/३० वर्ष पछिकालाई म भन्दा माथि ल्याएर राखेका थिए । पूर्णकालिन भूमिगत कहिलेबाट हुनु भयो ? भूमिगत भन्ने घरबाट बाहिर ननिस्किने प्रवृत्ति पनि थियो । तर, म अरुजस्तो भूमिगत भएको घोषणा गरेर घरमा बसिनँ । पार्टी संगठनका लागि जहिल्यै परिचालित भइरहें । म ०५०/५१ सालमा काठमाडौं आएपछि ०५२ को सुरुवाततिरैबाट भूमिगत भएको हुँ । फौजी कारवाहीको नेतृत्व गर्नु भयो कि भएन ? मलाई संगठनको जिम्मा थियो । सैन्य संगठनको जिम्मेवारी थिएन । मैले संगठन व्यवस्थापनमा कहिल्यै पनि कमी हुन दिइनँ । ढाडमा टेकेर टाउकोमा हान्ने भनेर सबै यता आएका थिए । देशैभरी अप्ठ्यारो भयो भन्ने प्रचण्डको निर्देशनपछि त्यतिखेर पनि मैले व्यवस्थापन गरेको थिएँ । संगठनमा होस् वा जनमुक्ति सेनामा, त्यतिबेला सुदूरपश्चिमको बलियो पकड थियो । त्यतिबेला साढे सात हजार जनमुक्ति सेना थिए । जसमध्ये ३५ सयदेखि चार हजारसम्म सुदूरपश्चिमका थिए । हामीले खेलेको भूमिकाका कारण एक पटक प्रचण्डले सुदूरपश्चिमलाई तेस्रो पिल्लर भन्न पनि भ्याएका थिए । राप्ती, रोल्पा, रुकुम पहिलो र भेरी – कर्णाली दोस्रो भन्ने थियो । तर, सुदूरपश्चिमले पहिलो पिल्लरको भूमिका निर्वाह गर्दा पनि हामीलाई कहिल्यै पनि पहिलो भनेनन् । जस दिएनन् । राजनीति गरेर काठमाडौंमा घर किन्नुभो हैन ? जनतालाई, नेतालाई झुक्याउन हुन्न भन्ने मेरो मान्यता छ । हाम्रा पूर्वसहकर्मीहरू कसका घर छन्, कसका छैनन्, जनताले नियालिरहेका होलान् । उहाँहरूले भन्ने आँट गर्नुहुन्छ ? हुन्न । त्यो उहाँहरूको कुरा हो । मैले चाँही घर किने भनेर सुरुमा नै भनेको हुँ । मैले कुनै पदको दुरुपयोग गरेर घर किनेको भए प्रमाणित गरिदिए पार्टीकै नाममा गर्दिछु भनेर दिवंगत नेता पोष्ट ब. बोगटीलाई यही घरमा निम्त्याएर छतमा राखेर भनेको थिएँ । कैलालीको जग्गा बेचेर मैले यहाँ घर किनेको हुँ । मैले जनतासँग लुकाउनुपर्ने केही पनि छैन । खुल्ला किताब जस्तै हो म । पूर्व सहयोद्धाहरुको पनि आँट छ भने यही किसिमले आउँदा राम्रो हुन्छ । जनताले जनयुद्ध लडेर आएका सबैको जीवनशैली नजिकबाट हेरिराखेका छन् । जनताले हिजोका दिनमा जनयुद्धमा लड्ने, अङ्गभङ्ग, वेपत्ता, घाइते, सहिद हुनेहरूको अवस्था के छ भनेर पनि नियालिरहेका छन् । तपाईंलाई जमिनदार नेता पनि भन्छन्, कैलालीमा तपाईंको कति जमिन छ ? त्यति बेला ३० विघा भन्दा बढी थियो । घट्दै–घट्दै आएर अहिले मेरो भागमा ३ विघा मात्रै छ । कैलालीको जग्गा कसरी जोड्नुभो ? मेरो बुवा १९९४ सालबाट कैलालीमा बस्नु भएको हो । त्यहीं उहाले २०१८ सालमा जग्गा किन्नुभएको हो । त्यतिबेला बुबा शक्ति भन्सारमा सुबेदार हुनुहुन्थ्यो । डोटीमा पनि बैदार भएर काम गर्नुभयो । २००७ सालमा नेपाली कांग्रेसको कार्यकर्ता भएर डोटीको बडाहाकिमलाई सत्ता छाड्ने की के गर्ने भनेर जानुभएको थियो । २०१५ सालको निर्वाचनमा त्यस क्षेत्रबाट कांग्रेस उम्मेदवारलाई जिताउन मेरो बुवाको निकै महत्वपूर्ण हात थियो । ०१७ सालमा कु भएपछि खेतिपाती घरायासी कामतिर लाग्नु भयो । तर, तपाईं सानैदेखि काठमाडौं बस्नुभो होइन ? मैले २०२६ देखि ३० सालसम्म वनस्थलीमा पढेको हो । नयाँ शिक्षा योजना लागू भएपछि हामीले त्यसको विरोध गर्यौं । त्यसबेला निजी विद्यालयहरू राष्ट्रियकरण भए । तर, कमलपोखरीको निजी स्कुल सिद्धार्थ बोर्डिङ र वनस्थली विद्याआश्रमलाई गाभेर सिद्धार्थ वनस्थली नाम राखियो । हामीले त्यसको पनि विरोध गर्यौं । त्यसपछि म निष्काशनमा परे । मैले कक्षा पाँचबाट वनस्थलीमा पढेको थिए । आठ कक्षामा हुँदा निष्काशनमा परे । अनि कक्षा ९ र १० फर्पिङमा पढें ।
प्रतिक्रिया