सभामुखको रिटमा सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ

काठमाडौं । संवैधानिक आयोगहरुको नियुक्तिविरुद्ध सभामुख अग्नीप्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ दिन माग गरेको छ । सापकोटाले शुक्रबार आयोगहरुको नियुक्तिविरुद्ध राष्ट्रपति, प्रधानमन्त्रीसहितका ३९ जनालाई विपक्षी बनाएर नियुक्ति भएकाले कुनै निर्णय गर्न नपाउने गरी अन्तरिम आदेशको माग गरेका थिए । तर, न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिक आदेश नदिई सरकारलाई लिखित जवाफ दिन भनेको हो । इजलासले रिटलाई अग्राधिकार दिन पनि आदेश गरेको छ । संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा ल्याइएको अध्यादेशपछि बसेको संवैधानिक परिषद्ले गरेको सिफारिस र संसदीय सुनुवाइविनै नियुक्ति गरिएको भन्दै सभामुख सापकोटा अदालत पुगेका हुन् । याे पनि पढ्नुस् राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाउँदै सभामुख सर्वोच्चमा [रिटसहित]
प्रतिक्रिया