NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रचण्ड–नेपालको जुलुसमा भारतीय झण्डाको चर्चा : यस्तो हो वास्तविकता

काठमाडौं । बुधबार प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शनका क्रममा प्रचण्ड समूहले काठमाडौंका त्रिपुरेश्वर, पुल्चोक, कोटेश्वर, चावहिलसहितका स्थानबाट निस्केको जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको थियो । तर, प्रदर्शनका क्रममा प्रदर्शनीकारीहरुले भारतीय झण्डा बोकेको फोटो सामाजिक संजालमा भाइरल हुन पुग्यो । तर, सो भाइरल फोटो कहिलेको हो भन्ने खुलेको खुलाइएको भने थिएन । प्रचण्ड समूहको प्रदर्शनमा भारतीय झण्डा भनेर सामाजिक संजालमा भाइरल यो फोटोको वास्ताविकता भने अर्कै रहेको पाइएको छ । चर्चा भएको जस्तो प्रचण्डहरुको बुधबारको प्रदर्शनमा भनिएको यो फोटो वास्तविक नभएको पाइएको छ । तर, ‘नेपालफ्याक्टचेक डट ओराजी’ले भारतीय झण्डा प्रयोग रहेको फोटो गलत रुपमा प्रयोग भएको जनाएको छ । सामाजिक संजालमा भारतीय झण्डा प्रयोग गरिएको भनेर आएको फोटो यस अघि २९ डिसेम्बरमा नेकपा अध्यक्ष प्रचण्डको पेजबाट लिइएको पाइएको छ । तर, प्रचण्डको सोही पेजमा हालिएको फोटोलाई फोटोसप गरी भारतीय झण्डा राखेर प्रचार गरिएको पाइएको हो । तर, प्रचण्ड समूहको प्रदर्शनमा यसरी भारतीय झण्डा प्रयोग गरेको भन्ने फोटो गलत रहेको पाइएको हो ।