प्रहरी भन्छ, ‘झाँक्रीलाई जसरी पनि पक्राउ गर्छाैं’

काठमाडौँ । नेकपा केन्द्रिय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले जसरी पनि पक्राउ गर्ने बताएको छ । नेपालवाचसँगको कुराकानीमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि खबर गरिसकेको बताए । झाक्रीले केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डालरीलाई लक्षित गर्दै ‘बालकोटै गए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । यसबारे उनलाई सोधपुछका लागि प्रहरीले बोलाएको हो । एसएसपी थापाले भने, ‘ कानूनमै राष्ट्रपतिजस्तो सर्वोच्च संस्थालाई जोडेर जथाभावी बोल्न पाइदैन भन्ने स्पष्ट छ । यसबारेमा हामीले उहाँलाई सोध्न खोजेका छौं ।’ प्रहरी स्रोतका अनुसार उनलाई छलफलकै क्रममा पक्राउ गर्ने तयारी छ । यदि छलफलमा नआएनि पक्राउ गरेर भइपनि उनीमाथि कारवाही अघि बढाउने प्रहरी स्रोतले बतायो । यता झाँक्रीले पनि आफूमाथि प्रहरीले निगरानी बढाएको महसुश भएको बताइन् । ‘अहिलेसम्म प्रहरीले बोलाएको छैन,’ झाक्रीले नेपालवाचसँग भनिन्, ‘मलाई खबर केही नआएपनि मलाई पत्राउ गर्न खोजेको जस्तो देखिएको छ ।’ आफूले राजनीतिक विषयमा टिप्पणी दिएको र व्यक्तिगत कुरा नगरेको झाँक्रीको दाबी छ । बुधबार प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा आयोजना गर।ेको विरोध सभामा पनि झाँक्रीले संविधानको चिरहरण गर्ने र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने अभिव्यक्ति दिएकी थिइन् । अहिलेको व्यवस्थामा संविधान र कानूनी राज्यको खिलापमा सेटिङ र बन्द कोठाभित्र भएका षड्यन्त्र विरुद्ध बोल्न पाइनेउनको तर्क थियो । आफूले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई प्रष्ट पार्दै नेतृ झाँक्रीले प्रधानमन्त्रीको निर्णयलाई खुसुक्क सहिछाप गरी निरंकुशताको साक्षी बस्ने प्रवृत्तिको विरोध गरेको स्पष्ट पारेकी थिइन् ।
प्रतिक्रिया