NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुग्दा निवासमा झडपको स्थिति [फाेटाेसहित]

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहकी केन्दीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले नेपालवाचसँगको कुराकानी गर्दै झाँक्रीलाई सोधपुछका लागि खबर गरिसकेको बताए । प्रहरी स्रोतका अनुसार सोधपुछकै बाहानामा उनलाई पक्राउ गर्न लागिएको थियो । तर, झाँक्रीले आफूलाई कुनै खबर नभएको बताएकी छिन् । झाक्रीले केही दिनअघि गोखरामा भएको विरोध सभामा राष्ट्रपति बारे बोलेको अभिव्यक्तिका कारण उनलाई पक्राउ गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । यता झाक्रीको निवास अघि भने नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ता तथा झाक्रीका समर्थकहरूले प्रदर्शन गरिरहेका छन् । तस्बिर श्राेत : फेसबुक