प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ परेकी झाँक्री छिट्टै छुट्नुहुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको ठाडो आदेशमा नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलामा सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले बुधबारदेखि नै प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गर्न खोजिएकोमा बिहीबार जबर्जस्ती पक्राउ गरेको बताएका हुन् । ‘पुलिसले हिजोदेखि नै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्रन खोजेको थियो । प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ खोजेको हामीले सूचना पाएका थियौं’ प्रचण्डले भने, ‘तर, आज जबर्जस्ती झाक्रीलाई पक्राउ गरेको छ । यो पनि कम्युनिष्ट पार्टीमाथिको चुनौती हो । पक्राउ परे पनि उहाँ छिट्टै छुट्नुहुन्छ । लोकतन्त्रका पक्षमा प्रखर ढंगले विचार राख्नेलाई पक्राउ गरिएको छ । लोकतन्त्रमाथि ताला लगाउनेविरुद्द पार्टीबाट प्रस्ताव पारित गर्छौ ।’
प्रतिक्रिया